ज्योतिलाईफ र ग्रान्डी अस्पतालबीच सम्झौता

काठमाडौँ । ज्योति लाईफ र ग्रान्डी अस्पतालबीच सम्झौता भएको छ । लाईफले बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने छ, भने उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौतापत्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरे ।

प्रतिक्रिया