कालिकोट । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र कालिकोट र आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ । दुइदिने निःशुल्क आँखा शिविरबाट जिल्लाभित्र र बाहिरका नौ सय ३० जना आँखाका बिरामीले उपचार पाएका छन् । जसमा दुई सय १९ जना आँखाका बिरामीलाई निःशुल्क मोतीयाविन्दु शल्यक्रिया र तीन जनाको सामान्य शल्याक्रिया गरी सहुलियत प्रदान गरेको छ ।
जिल्लामा निःशुल्क स्वास्थ्य शिविरबाट यति धेरै बिरामीको संख्यामा उपचार तथा शल्यक्रिया भएको यो पहिलोपटक हो । शिविरमा डाक्टर सुरेस रसाइलीका अनुसार, पहिलेका शिविमा यति धेरै आँखाका विरामि आउँदैनथे यो शिविरमा दुई सय १९ जनाको मोतीयाबिन्दुको शल्याक्रिया हुनु कालिकोटमा आँखा रोगको समस्या दिन प्रतिदिन विक्राल बन्दै गएको बताए ।
यसको न्यूनीकरणमा स्थानीय सरकारले महिनाको एकपटक मात्र गाँउमै शिविर सञ्चालन गर्न सके यस्तो खालको बिकराल बन्दै गएको समस्या कम हुने बताए । आगामी दिनमा पनि यस्तै खाले स्वास्थ्य शिविर आयोजना गर्न कालिकोटका स्थानीय तहका प्रमुख हरूलाई आग्रह गरे । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, शिविर समापन कार्यक्रममा बोल्दै खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट, नेपाली कांगे्रसका पार्टी सह सचिव दमनबहादूर शाहीले, दुई सय १९ जना आँखाका ज्योति गुमाएका बिरामीहरूलाई संसार देखाउने डाक्टर र आयोजक नेत्रज्योति संघलाई धन्यवाद दिए । स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरीए ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत पुग्ने बताए । यस्ता निःशुल्क स्वास्थ्य शिविर वेलावेला ल्याए गरीब गाउँलेको उपचारमा सहयोग पुग्ने बताए ।
शिविरमा आँखाका बिरामीहरूमध्ये बढीजसो महिलाको संख्या बढी रहेको आँखा उपचार केन्द्र कालिकोटका प्रमुख डवल अधिकारिले बताएका छन् । उनका अनुसार, अझै पनि चुलोचौकोमा महिला नै बढी सीमित भई धुवाँले गर्दा महिलाहरूमा बढी आँखा कमजोर हुने गरेको पाइएको उनले बताए ।
बिहीबारबाट सुरु भएको दुई दिने शिविरमा मोतीबिन्दु, मासु पलाएको लगायत रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धी सम्पूर्ण उपचारहरू निःशुल्क प्रदान गरीएको थियो ।
सान्नी त्रिवेणी गाउँपालिका वडा–२ का ददी बुढा आँखा शिविर हुने थाहा पाएपछि सदमुकाम मान्म आए,आँखाको सफल उपचार भइसकेपछी गाउँमा आफूजस्ता थुप्रै आँखा रोगीहरू रहेको भन्दै आगामी दिनमा यस्ताखाले शिविर सञ्चालन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया