गाउँमा विशेषज्ञ उपचार पाउँदा स्थानीय दंग

बैतडी । बैतडीको अधा भूभाग भारतसँग जोडिएको छ । यहाँका स्थानीय दैनिक उपभोग्य समानदेखि लिएर औषधि उपचारको लागि भारतको भरपर्ने गर्दछन् । सानोतिनो औषधि उपचारका लागि भारतको भरपर्ने स्थानीय गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा खुसी भएका छन् ।

जिल्लाको पाटन नगरपालिकाले बैतडी समाज कैलालीको सहयोगमा तीन दिने विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा सञ्चालन गरेको थियो । चैत्र २० गते संघीय सांसद दामोदर भण्डारीले शिविरको औपचारिक रूपमा उद्घाटन गरी सञ्चालन गरेका थिए ।

वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ, वालरोग विशेषज्ञ, नेत्र अधिकृत र फिजिसियनका डाक्टरवाट जनतालाई निशुल्क चेकजाँच तथा औषधि उपचार गरीदिएकाले स्थानीय हर्षित भएका थिए । आफूहरूले स्थानीय स्तरमै विशेषज्ञ डाक्टरहरूवाट सेवा सुविधा पाउँदा भारत जानु पर्ने बाध्यताबाट मुक्त भएको शिविरमा चेकजाँच गराउन आएकी जयन्ती कुवरले वताईन् ।

स्थानीय स्तरमा विशेषज्ञ डाक्टर नहँुदा र पैसाको अभाबले गरीब जनताले उपचार गर्न नपाएर रोग लुकाउने हुँदा बैतडी कैलाली समाजसँग समन्वय गरी शिविरको आयोजना गरेको पाटन नगरपालिकाका नगर प्रमुख केशव चन्दको भनाइ छ ।

दूरदराज का जनता जो औषधि उपचारवाट बञ्चित छन उनीहरूको स्वास्थ्यमा पहुँच होस भन्ने उद्देश्यले शिविरको आयोजना गरीएको बैतडी कैलाली समाजका अध्यक्ष माया प्रकाश भट्टले बताए । अध्यक्ष भट्टले भने ‘आफूहरूको पनि वार्षिक क्यालेन्डर अनुसार दुई ठाउँमा रक्तदान र दुई ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाले त्यसैअनुरूप बैतडीका जनता उपचार गराउन भारत या धनगढी नै जाने भएकाले बैतडीमै एक स्वास्थ्य शिविर सञ्चालन गरौ भन्ने निर्णय गरेका हौँ र नगरपालिकाले पनि हामीलाई बारम्बार अनुरोध गरेको हुँदा याहाँ शिविर सञ्चालन गरेका हौँ ।’

शिविरबाट जनताले प्रत्यक्ष लाभ लिने हुँदा यस्ता सेवामूलक कार्यको लागि केन्द वा प्रदेशबाट जे–जस्तो सहयोग गर्न आफू प्रतिबद्ध रहेको र सधैँ बैतडी कैलाली समाजसँग सम्पर्कमा रहिरहने संघीय सासद दामोदर भण्डारीले बताए । सांसद दामोदर भण्डारीले आफ्नो क्षेत्रमा यसरी विशेषज्ञ डाक्टरबाट गरीव र स्वास्थ्यको पहँच पुग्न नसकेका जनतालाई घर नजिकै आएर सेवा उपलब्ध गराउने बैतडी कैलाली समाजलाई धन्यवादसमेत दिएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमा जिल्लाका सबै जनताले सेवा लिएका छन् । शिविरमा दुई हजार पाँच सयभन्दा बढीले सेवा लिएको शिविरले जनाएको छ । शिविर तीन दिनसम्म सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया