पूर्व परराष्ट्रमन्त्री डा. थापाकी छोरी तेजश्रीको अमेरिकामा मृत्यु

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाकी छोरी तेजश्रीको अमेरिकामा मृत्यु भएको छ । डा. थापालाई यो शोकसँगै लगातार दोस्रोपटक सन्तानको शोक परेको छ । यसभन्दा ५ वर्ष अघि पनि छोरा भाष्करको मृत्यु हुँदा शोकमा परेका थिए ।

अहीले पनि अमेरिकाको शहर न्युयोर्कमा बस्दै आएकी पूर्व परराष्ट्रमन्त्री डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको हो । सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्ट्रसंघीय मिसनमासमेत काम गर्दै आएकी थिइन् । उनकी  १८ वर्षीया छोरी भएको पारीवारिक स्रोतबाट जनाइएको छ ।

प्रतिक्रिया