ओम अस्पतालले सुरु गर्यो उपचार

काठमाडौं । ओम अस्पतालले मिर्गौलाको पत्थरीको उपचारका लागि रेट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआइआरएस) प्रविधि भित्र्याएको छ ।

प्रविधिमा दुरविनको सहायताले मिर्गौलाको पत्थरी निकाल्ने गरिन्छ । वरिष्ठ युरो सर्जन प्रा.डा. भोलाराज जोशी नेतृत्वको टोलीले सेवा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । मिर्गौलाको पत्थरी झिक्ने विभिन्न पद्धतिमध्ये आरआईआरएस सबैभन्दा प्रभावकारी मानिन्छ । यो पद्धतीबाट शल्यक्रिया गर्दा विरामीको पेट चिर्नु नपर्ने र प्वाल पनि पर्दैन ।

न्युरो सर्जन प्रा.डा. जोशीका अनुसार, यो पद्धति मुत्र नलिबाट मसिनो दूरबिन सहितको तारजस्तो उपकरण मिर्गौलाको पत्थरी भएको भागसम्म पठाउने र पत्थरीलाई लेजर प्रविधिबाट टुक्रा पार्ने र त्यहि मसिनो नलिबाट पत्थरी बाहिर झिक्ने गरिन्छ ।

घाउ हुने तथा रगत बहने अवस्था नै नआई गरिने शल्यक्रिया भएकोले बिरामी पत्थरी झिकेको केही घण्टामै सामान्य अवस्थामा आउने भन्दै अस्पतालमा धेरै बस्न नपर्ने उनले बताए । ‘यो पद्धति संसारकै सबैभन्दा ‘लेटेस्ट’ हो । डा. जोशीले भने, ‘विकसित देशमा भित्रिएको केही बर्ष मात्रै भएको र नेपालमा पनि यो प्रविधि भित्रिएको धेरै भएको छैन ।’ उनले थपे, ‘यो प्रविधि आम सर्वसाधारणको पहुँचमा छैन, खर्चको अन्य प्रविधि भन्दा महंगो छ । तर, ओमले सर्वसाधारणलाई लक्षित गरी तुलनात्मक रूपमा निकै सस्तोमा सेवा सुरु गरेको छ ।’

यस पद्धतिबाट १५ एमएमसम्मको पत्थरी झिक्न सकिने उनले बताए । उनले बिरामीले शल्यक्रिया गरेको केही समयबाटै सामान्य खाना खान सक्ने, हिँडडुल गर्न सक्ने र तेस्रो चौथो दिनदेखि दैनिक कार्यसमेत सञ्चालन गर्न सक्ने अवस्थामा पुग्ने बताए । एनेस्थेसिया दिइने हुँदा २४ घण्टा निगरानीमा राख्नुपर्छ । अस्पतालका मेडिकल निर्देशक डा. केपि देवकोटाले आम सर्वसाधारणको पहँुचमा उच्चस्तरीय प्रविधि सहितको उपचार सेवा दिलाउने प्रयास अनुसार सेवा सुरु गरेको बताए ।

प्रतिक्रिया