बसुदेवपुर पूर्णखोप सुनिश्चतता वडा

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वडा–१९ बसुदेवपुरलाई पूर्णखोप शुनिश्चतता भएको वडा घोषणा गरिएको छ । बसुदेवपुर स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच वडालाई पूर्णखोप सुनिश्चतता भएको वडाको रूपमा घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका इन्चार्ज सुनिलरत्न ब्रजाचार्यले बताएको छन् ।

पूर्णखोप वडा शुनिश्चतता भएको घोषणा अभियान अन्र्तगत आयोजित घोषणा कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसीले घोषणा मात्र गरेर नभई यसको कार्यान्वयनमा पनि सबै पक्ष समान रूपले जिम्मेवार हुनुपर्नै बताए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख केसीले पूर्णखोप शुनिश्चतता भएको वडाको रूपमा निरन्तरतामा पनि ध्यान दिन महत्वपूर्ण रहेको बताए । १५ महिनामुनिका सबै बालबालिकाहरूलाई आधारभूत पूर्णखोप सुबिधामा पहँुच पुरयाउने राष्ट्रिय लक्ष्यका आधारमा वडालाई पूर्णखोप सुनिश्चतता भएको वडाका रूपमा घोषणा गरिएको हो ।

घोषणा गर्नुभन्दा पूर्व १६ देखि २३ महिना भित्रका सम्पूर्ण बालबालिका हरूले खोप लिए नलिएको तथ्यांक संकलन गरी पूर्णखोप लिएको पाईएपछि घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका इन्चार्ज ब्रजाचार्यले बताए ।

८ हजार २ सयको हाराहारी जनसंख्या रहेको वडामा १६ देखि २३ महिना भित्रका १ सय २२ जना बालबालिका रहेका छन् । स्वास्थ्य चौकीले लिएको डाटा अनुसार ती सबै बालबालिकाहरू पूर्णखोप लिएको पाइएपछि पूर्णखोप शुनिश्चतता भएको वडा घोषणा गरिएको हो ।

१९ नम्बर वडा (बसुदेवपुर)का वडाध्यक्ष परशुराम बर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख केसीसहित खोप सुपरभाइजर देबीराम पौडेल, खोप समन्वय समितिका चेतबहादुर घर्ती, नगर स्वास्थ्य साखाका उपसंयोजक हरिहर तिवारी, सामाजिक विकास मञ्च बाँकेका रोशन थापा लगायत जिआईजेड, एचकेआई, सुआहाराका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

पूर्णखोप घोषणा कार्यान्वयनमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै सामाजिक बिकासमञ्चका रोशन थापा, वडाका बिभिन्न समाजसेवी, महिला स्वास्थ्य स्वयं सेविका तथा संस्थागत रूपमा सेभ द चिल्ड्रेन जिआईजेड, एचकेआई, सुआहाराका प्रतिनिधिहरूलाई कदरपत्र प्रदान गर्दै सम्मानितसमेत गरिएको थियो ।

प्रतिक्रिया