महिला अधिकारको रजत वर्ष

काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रले आफ्नो २५ वर्ष पुगेको अवसरमा रतज जयन्ती वर्ष मनाएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समाजमा रहेको लैंगिक भेदभाव, विकृति र विसंगतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताइन् । समाजमा महिला हिंसा र बलात्कारका घटना बढ्दै गइरहेकोले त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सरकारले संविधानको मर्म बमोजिम झण्डै १६४ कानुनलाई संशोधन गरेको समेत जानकारी दिइन् । मन्त्री थापाले संस्थाले महिला शसक्तिकरण र आर्थिक रूपमा सक्षम बनाउन उल्लेख काम गरेको चर्चा गरिन् ।

‘सामाजिक काम गर्न भनि दर्ता भएका सबै संस्थाले महिलाको विकासमा काम गरे समाज विकासमा ठुलो सहयोग पुग्नेछ’, मन्त्री थापाले भनिन्, ‘महिला आन्दोलनमा लागेका अगुवाहरूले सञ्चालन गरेको संस्था भएका कारण महिला अधिकार तथा विकास केन्द्रले महिला शसक्तिकरणमा सकारात्मक काम गर्न सकेको हो ।’ समय अनुसार ऐन कानुन निर्माण र परिमार्जनमा सरकार लागेका बताउँदै उनले भनिन्, ‘समाज परिवर्तनको दायित्व सबै समूह र वर्गको हो ।’

अखिल नेपाल महिला संघकी अध्यक्ष एवं सांसद गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सबलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेको बताइन् । कार्यक्रमा संघीय संसद विकास समितिका सभापति कृष्णप्रसाद दाहालले संस्थाले हालसम्म गरेको काम समाज परिवर्तन गर्न एउटा महत्वपूर्ण पाटो रहेको बताए । समाजको आधार हिंसा ओगटेको महिलालाई आर्थिक, राजनैतिक र समाजिक रूपमा अघिबढाउन उक्त संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

बिना श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना दिँदै संस्थाले महिलाको क्षेमा गरेको कामको प्रसंशा गरेका थिए । कार्यक्रममा संस्थाको अध्यक्ष एवं संघीय संसदको सांसद तुल्सी थापाले स्थापना कालदेखि हालसम्म संस्थाले गरेको कामको विवरण प्रस्तुत गरेको थिइन । उक्त संस्थामा ३४ हजार सदस्य आबद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष थापाले जानकारी दिइन् । संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालिम प्रदान गर्दै आएको छ

‘महिलालाई प्रौढशिक्षा, कानुनी शिक्षा र सामान्य हस्तकला सिकाउँदै समूह बनाएर सुरु गरेको संस्थाले राष्ट्र बैंकबाट अनुमति लिएर लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । हिजो आफूसँग केही नभएका महिलालाई लाखौँ कर्जा दिएर आपैmँ काम गर्न सक्ने बनाउन सकेका छौँ । यो नै हाम्रो सफलता हो,’ अध्यक्ष थापाले भनिन् ।

उक्त संस्थाले हाल महिला लघुवित्त वित्तिय संथा लिमिटेड स्थापना गरी देशका ४० भन्दा बढी जिल्लामा काम गरीरहेको छ । महिला अधिकार तथा विकास केन्द्र संस्थापक रहेको महिल लघुवित्त वित्तिय संथाले महिलालाई विना धितो कजा लगानी गरी आर्थिक रूपमा काम गर्दै आएको छ । रजत वर्षको अवसरमा संस्थाले स्मारिका प्रकाशन गर्नुका साथै स्थापना कालदेखि संस्थामा सहयोग पु¥याउने सदस्य र कार्यसमितिका पूर्व सदस्यहरूलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया