बाँके । नेपालगञ्ज सँगै मिलेर रहेको पुरैनाकी महिलाहरु सुत्केरी हुने बेला नेपालगञ्जको भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज धाउनुपर्ने अवस्थाको अन्त हुने भएको छ । नेपालगञ्ज उपमहा नगरपालिकाको वडा नम्बर २१ पुरैना अन्तरगत रहेको सो सुत्केरी गुहको बाटोको लागि जग्गा नपाँउदा बाटो निर्माण हुन सकिरहेको थिएन ।
नवनिर्मित पुरैनाको सुत्केरी गृह सम्म जाने बाटो नभएकोले निर्माण भएको बर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा त्यहाका महिला सुत्केरी हुने बेला नेपालगञ्ज ल्याउने पर्ने बाध्ता रहेको थियो । वडा कार्यालय तथा पुरैना स्वास्थ्य चौकीको निरन्तर प्रयासमा बाटोमा रहेको जग्गाधनी हरु जग्गा उपलब्ध गराई सकेर बाटो बन्ने प्रक्रियामा रहेको वडाध्यक्ष रञ्जित खानले बताएका छन् ।
‘सेभ द चिल्ड्रेन’ को सहयोगमा सामाजिक बिकास मञ्चले बुधवार आयोजना गरेको स्वास्थ्य चौकीको सामाजिक परिक्षणमा बोल्दै वडाध्यक्ष खानले जग्गा प्राप्त भएर बाटो निर्माणको लागि ७ लाख रकम पनि बिनियोजित गरिसकेको बताए ।
मुख्य रोड देखि प्रसुति गृह सम्म जाने बाटो निर्माणको लागि बजेट छुटटयाईसकेकोले बाटो बनाएर अगामी आर्थिक बषको बैसाख, जेठ देखिनै सुत्केरी गृह सञ्चालन हुनेमा ढुक्क हुन सम्पुर्ण वडाबासीलाई वडाध्यक्ष खानले आश्वस्त पारे ।यसैबीच स्वयम सेविकाहरुले गत साउन देखि वडा कार्यालयबाट पाउनु पर्ने मासिक भत्ता पनि नपाएको गुनासोलाई सम्बोधन गर्देै वडाध्यक्ष शेखले उपमहानगरपालिकासँग कुरा गरेर आगामी बर्ष देखि बजेट छुट्टयाउन पहल गर्ने बताए ।
हाल स्वास्थ्य स्वयम सेविकाहरुले उपमहा नगरपालिका बाट पाउने मासिक ५०० मात्रै पाईरहेको र वडा बाट पाउने भत्ता केही महिना देखि वडा कार्यालयले दिन बन्द गरेको उनीहरुको गुनासो रहेको थियो । पुरैनीमा जनचेतनाको अभावमा बालबालिकालाई पोषण युक्त खानेकुरा नखुवाउदा कुपोषितको सँख्या बढदै गएको ,टीबी जस्तो रोगमा पनि बिरामी संवेदनशील नहुने गरेको, समय समयमा औषधी अभाव हुने गरेको र स्वास्थय चौकी साँगुरो ठाँउमा रहेको हुनाले कहिले काँही बिरामीको चाप बढेर बस्ने ठाँउको समेत अभाव हुने गरेको, कामको चाप अनुसार स्वास्थ्य सवयम सेविकाहरुले भत्ता नपाएको लगायतको चुनोतीको बारेमा छलफल भएको थियो ।
सामाजिक बिकास मञ्च बाँकेको सहयोमा सञ्चालित मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजना अन्तरगत गरिएको स्वास्थ्यचौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागी हरुले समय सापेक्ष कर्मचारी तथा स्वयम सेविकाको सेवा सुबिधामा पनि सम्बन्धित निकायले सोच्नुपर्ने बताएका थिए । कार्यक्रममा स्वास्थ्य चौकीकि इन्चार्ज नन्दा सेनले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा तथा बार्षिक प्रगति तथा समस्याका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।
प्रस्तुतीकरणमा देखिएका समस्यालाई समाधान गर्न स्वास्थ्य संस्थामा प्रसुती गृहमा तत्काल बाटोको ब्यवस्था ,कर्मचारी ब्यवस्थापन , प्रसुति गृहलाई चाहिने आवस्यक उपकरण तथा फर्निचरको ब्यवस्था गर्नुपर्ने, हाल प्रयोगमा रहेको स्वास्थ्य चौकी बाट सेवा दिनका लागि आवस्यक कोठा समेत अपुग रहेको ले अर्को स्वास्थ्य चौकीको भवन निर्माण गरिनुपर्ने, बालबालिकालाई पोषण युक्त खानेकुरा नखुवाउदा कुपोषितको सँख्या बढदै गएकोले पोषण युक्त खानेकुरामा जोड दिनुपर्ने, पोषण पुर्नस्थापना केन्द्रसम्म पुर्याउन यातायात खर्चको ब्यवस्था पुगर्नुपर्ने ,समुदायमा स्वास्थ्य अन्तरक्रिया सञ्चालन, गर्भवती जाँच गर्न गराउन महिला लाई उत्प्रेरित गर्न नुन र साबुन लगायतको ब्यवस्थापन लगायतको ७ बुँँदे कार्ययोजना निमार्ण गरिएको छ ।
सञ्चारकर्मी गुरमुरत यादवले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य चौकीका सिनियर अहेब बीर जङ्ग शाह स्वास्थय ब्यवस्थापन समितिका उपाध्यक्ष जाबिर अलि मनिहार, अनमि अमृत शाही वडा सचिव चित्राकुमारी पुन सामाजिक बिकास मञ्च बाँकेकी पार्वती डिसी लगायत ४० बढिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया