चोरमारा र डण्डाबीच जंगलमा बिरामी बोकेको एम्बुलेन्स पल्टियो

नवलपुर । पूर्वी नवलपरासीको चोरमारा र डण्डाकोबीच जंगलमा एम्बुलेन्स दुर्घटना भएको छ । बिरामी बोकेर भरतपुर तर्फ जाँदै गरेको एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट तल खस्दा ४ जना घाइते भएका छन ।

अरुणखोला रेडक्रसद्धारा सञ्चालित लु १ च ७४२५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइते हुनेमा बिरामी ७४ वर्षीया मान कुमारी जैसी, उनका श्रीमान, छोरा र चालक रहेका छन् भने उनीहरुको अहिले कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया