विप्लवले २५ वर्ष अघिकाे मेरो नक्कल गर्न खोजे: अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिप्लवका नेता नेत्रबिक्रम चन्दलाई आफ्नो नक्कल गरेर अघि बढ्न खोजेको बताएका छन् । अध्यक्ष दाहालले विप्लव समूहलाई वार्तामार्फत राजनीतिमा आउनसमेत आग्रह गरेका छन् । दाहालले २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गरेर अघि बढे पनि बिप्लवले पार लगाउँन नसक्ने दाबी गरेका छन् ।

२७ गते पोखरामा उनले कुरा गर्दै बिप्लवलाई नजिकबाट चिनेको र आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको बताउँदै, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई दुरुस्तै नक्कल गर्न खोज्नु भएको छ, यो नक्कल कुनैपनि हालतमा पार लाग्दैन, त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा धेरै अन्तर भइसकेको छ ।

प्रतिक्रिया