दीपक शिवा बचाऊ अभियानमा रकम जुट्दै

फिक्कल । मिर्गौला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा रकम जुट्ने क्रम जारी छ । देउमाई नगरपालिका मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो ।

क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गौलाले काम गर्न छोडेपछि उनि अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत छन् । शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि सुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ ।

दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन भट्टराईले रु दुई लाख १२ हजार ९००जम्मा गर्नुभएको छ । उक्त क्लबले देश तथा विदेशमा रहेका अन्य सहयोगीबाट थप एक लाख ७१ हजार ८०५ सङ्कलन गरेको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

उनले रकम जुट्ने क्रम जारी रहेको बताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके बढी रकम जुट्ने अपेक्षा गरे । विसं २०४३ मा जन्मिएका शिवा कुशल खेलाडी तथा मङ्गलबारे बजारका युवा व्यवसायी छन् । उनले तीन महीना अघिदेखि उपचार गर्न थालेका थिए ।

प्रतिक्रिया