संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा सञ्चालित निःशुल्क हाडजोर्नी शिविरमा संखुवासभालीको एक करोड बढी बचेको छ । नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंको विशेष आयोजनामा शिविर संखुवासभाको खाँदबारीमा पाँच दिनसम्म सञ्चालन भएको थियो ।
शिविरमा ५ सय ६१ महिला र ४ सय ४६ पुरुषको निःशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको थियो भने पाँच वर्ष मुनिका २० जनालाई समेत चेकजाँच गरिएको थियो । गत १ फागुनबाट सुरु भएको शिविरमा ५९ जनाको हाडजोर्नीसम्बन्धि निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल अर्थोपेडिक अस्पतालका प्रमुख प्रशासक श्याम रुपाखेतीका अनुसार सो विशिरमा संखुवासभालीको एक करोड बढी बचावट भएको छ ।
उनले भने, ‘यति कामको लागि काठमाडौं पुग्नुपथ्र्यो, त्यहाँ पुग्दा करोड खर्च हुन्थ्यो तर त्यो खर्च बच्यो ।’ उनले थपे, ‘सामान्य एउटा स्टिल निकाल्नसमेत काठमाडौं पुग्नुपथ्र्यो काठमाडौं पुग्दा एक व्यक्तिको करिब ५० हजारदेखि १ लाखसम्म खर्च हुन्थ्यो, त्यो बच्यो ।’
शिविरमा खुट्टाको पैतला फर्किएको, जन्मजात हात खुट्टा बांगिएको, हात वा खुटामा विकृतिजन्य समस्याहरू भएको, हात वा खुट्टा भाँचिएर बांगिएको, हातमा आगोले पोलेको लगायतका समस्याको समाधान गरिएको छ ।
यसरी स्थानीयस्तरमा नै यस्तो शिविर आएको भन्दै स्थानीय खुसि भएका छन् । षडानन्द नगरपालिका झउपोखरी भोजपुरका ३ वर्षको अबि बयलकोटीको तातोपानीले पोलेर हात टाँसिएको थियो । यहि शिविरमा उनको हात खुलेपछि खुसीको सीमा नै नरहेको उनका बुबाको भनाइ छ । उनका बुबा भन्छन्, ‘यो शिविर त हाम्रो लागि भगवान् नै हो, नभए हामी काठमाडौं गएर उपचार गराउने सामथ्र्यमा थिएनौँ, हाम्रो छोरा जिन्दगीभर अपांग भएर बाँच्नु पथ्र्यो ।’
शिविरमा भाँच्चिएको ठाउँमा लगाएको स्टिल खोल्नुका साथै हाडजोर्नीसम्बन्धी भएका सम्पूर्ण समस्याको समाधान गरिएको नेपाल अर्थोपेडिक अस्पतालका डा.राजेश महर्जनले बताए । महर्जनले आपूmले जानेको सीप संखुवासभाजस्तो दुर्गम ठाउँमा आएर प्रयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए ।
शिविर जिल्ला समन्वय समिति संखुवासभा, खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी नेपाल रेडक्रस सोसाइटी संखुवासभा, नेपाल पत्रकार महासंघ संखुवासभाको संयुक्त सहकार्यमा सम्पन्न भएको हो ।
प्रतिक्रिया