बार्गेनिङले पोल खोलेपछि…

काठमाडौं । प्रहरीले फागुन २ गते बिहान कञ्चनपुरबाट एक घरमा लुकाइराखेको १८ किलो सुन बरामद ग¥यो । त्यसकै भोलिपल्ट बिहान पुनः ५ किलो ६ सय ग्राम सुन बरामद गर्न सफल भयो । त्यससँगै दुई दाजुभाइ पनि पक्राउ परे । उनीहरू पक्राउ परेपछि सुनको असली कहानीबाहिर आएको छ ।

सुरुमा १८ किलो भने पनि वास्तवमा ३२ किलो सुन सुनौली नाकाबाट नेपाल आएको खुलासा, भारतीय तस्करको सुन नै लुटेर ल्याउन लक्ष्मण सफल तर बार्गेनिङले गर्दा ८ किलो सुन फिर्ता गरे, अरू बेच्न खोज्दा समातिए

भारतीय तस्करहरूको सुन फिल्मी शैलीमा उनीहरूले नेपाल भित्र्याएको खुलेको हो । सुन नेपाल ल्याउने मुख्य पात्र हुने लक्ष्मण तिरुवा । जो लामो समयदेखि भारतमा एक व्यापारीको गाडीको ड्राइभरका रूपमा काम गर्दथे । जो तिनै व्यापारी हुन्, जसले बंगलादेश र म्यानमारसँग सीमा जोडिएको भारतको मिजोरमबाट ठूलो मात्रामा सुन तस्करी गर्दथे । लामो समयदेखि उनले गाडी चलाउने भए पनि पछिल्लो समय मात्र उनले पु¥याउने गाडीमा सुन रहेको थाहा पाएका थिए । लक्ष्मणका अनुसार तस्कर समूहमै रहेका उनीभन्दा पुराना अर्का ड्राइभरले गाडीमा सुन रहेको खुलासा गरेका थिए ।

सो रहस्य थाहा पाएपछि उनले तस्करीको सुन लुट्ने योजना बनाए । सामान्यतः सुन तस्करको समूहले गाडीमा जिपिएस चिप्स राखेर त्यसको निगरानी गर्ने गर्दथे । तस्करहरूबीच इमानदारको छवि बनाएका लक्ष्मण लामो समयदेखि कलकत्ता बस्दै आएका थिए । उनको काम नै मिजोरमबाट तस्करले भनेको ठाउँमा गाडी पु¥याउने हुने गर्दथ्यो । त्यसक्रममा गत मंसिरको पहिलो साता उनी मिजोरोमबाट डिएल १० सिएफ ६९२१ नम्बरको गाडी लिएर पश्चिमतर्फ लागे ।

बनारस आएपछि उनी एक होटलमा बास बस्न पुगे । सो दिन लक्ष्मणसहित अन्य दुईजना पनि गाडीमा थिए । होटलमा खाना खाएपछि सुत्न सबै कोठामा गएपछि लक्ष्मण भने गाडीमा रहेको जिपिआरएस चिप्ससँगै रहेको ट्रकमा राखेर नेपालतर्फ हुइकिए । उनी मंसिर ६ गते रूपन्देहीको सुनौली–बेलहिया नाका हुँदै नेपाल छिरेको नाकामा रहेको सवारी इन्ट्री बुकमा देखिएको छ । नाकामा सामान्य चेकजाँचसहित उनी चार दिनको नेपाल बसाइको अनुमति लिएर आएका हुन् । त्यहाँबाट छिरेपछि उनी सिधै नेपालगञ्ज पुग्दछन् । गाडीमा सुन छ भन्ने थाहा पाए पनि कहाँ छ भनेर उनलाई थाहा थिएन । नेपालगञ्जमा उनलाई गाडीबाट सुन पत्ता लगाउन नै चार घण्टासम्म लाग्यो । सुन निकालेर हेर्दा त्यहाँ ३२ किलो सुन थियो ।

यति घटना भइसक्दा उता भारतीय तस्करहरूबीचमा लक्ष्मण गाडीसहित हराएको खबर फैलिसकेको थियो । उनीहरूले लक्ष्मण जाने सम्भावित ठाउँ र उनको फोनमा सम्पर्क गर्ने प्रयास पनि गरे । तर, उनले बाटोमै मोबाइलको सिमकार्ड निकालेर फालेका थिए । त्यसपछि तस्करले उनी बस्ने कोलकत्ता पुगेर उनका आफन्तबाट नेपालको घरको ठेगाना लिए । यो खबर थाहा पाएका लक्ष्मणले त्यसपछि आफ्ना भाइ जो नेपाल प्रहरीको जवान थिए, सुरज तिरुवाको सहयोग लिए ।

लक्ष्मणले सुरजलाई बोलाएर घटनाबारे सम्पूर्ण विवरण भने । त्यसपछि उनीहरूबीच सुन व्यवस्थापन गर्ने सहमति बन्यो । जसअनुसार लक्ष्मणले १८ किलो सुन लिएर आफ्नो ससुराली घरभित्र आलुको बोरामुनि जमिनमा गाडेर राखे । बाँकी १४ किलो सुन लक्ष्मणसँगै थियो । त्यसबीचमा भारतीय तस्करले लक्ष्मणसँग सम्पर्क गरे । उनले तिमीहरूको गाडी नेपालगञ्जमा रहेको र लिएर जाओ भन्ने खबर गरिदिए । त्यसपछि उनीहरूले गाडी लिएर गए । तर, सुन फेला पारेनन् ।

लक्ष्मणलाई उनीहरूले सम्पर्क गरेर सुन खोइ भनेर धम्क्याउन थाले । त्यसपछि लक्ष्मणले पनि आप्mनो भाइ प्रहरीमा रहेको भन्दै तर्साएर उनीहरूलाई नेपाल आउने बाटो बन्द गरिदिए । सो कुरा थाहा पाएपछि भारतीय तस्कर र लक्ष्मणबीच बार्गेनिङ सुरु भयो । तस्करहरूले ५०÷५० प्रतिशत भागबण्डा गरौँ भनेर प्रस्तावसमेत राखेका थिए । यसैक्रममा लक्ष्मणले आठ किलो सुन भने तस्करलाई फिर्ता गरेको बयान उनले प्रहरीसमक्ष दिएका छन् ।

बाँकी रहेको ६ किलो सुन बेच्न उनी पहाडी जिल्ला गएको पनि खुलेको छ । उनी मुस्ताङ, सल्लेरी लगायतका ठाउँमा पुगेर ३३२ ग्राम सुन बेचिसकेको र बाँकी रहेको ५ किलो ६ ग्राम सुन मात्र प्रहरीले फेला पारेको हो । त्यसबीचमा सम्पर्कविहीन जस्तै भएका दाइ लक्ष्मणको खोजीका लागि भाइ सुरजले प्रहरीमा उजुरीसमेत दिएको खुलेको छ ।

यसबीचमा सुन किन्ने समूह उनीहरूलाई थाहा थिएन । जसका कारण उनीहरूसँग ठूलो मात्रामा सुन रहेको कुरा चुहियो । सुन किन्ने समूह खोजी गर्दा चुहिएको सूचना निर्मला हत्याकाण्डको छानबिन गर्न कञ्चनपुरमै रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले थाहा पायो । त्यसपछि सो समूहले केही दिन रेकीसमेत गरेपछि सुन रहेको घर पत्ता लगायो ।

सुरजको ससुराली रहेको पुनर्वास नगरपालिका–२ स्थित शंकर भनिने भरत विश्वकर्माको घरमा फेला पारेको हो । प्रहरीले अहिले दुवै दाजुभाइलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागलाई बुझाएको छ । विभागले नै सो घटनाको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया