अख्तियार अनुसन्धानका आयुक्त पाठकले दिए राजीनामा

काठमाडौं । संसदद्वारा महाअभि योग दर्ता गर्ने तयारी भइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

आयुक्त पाठकले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका छन् । उनले राजिनामा पत्र पेश गरेतापनी राष्ट्रपति भण्डारीले स्वीकृत नगरेको स्रोतले जनाएको छ ।

माहाभियोगबाट बच्नकै लागी पाठकले राजीनामा दिए पनि त्यसको कारवाहीबाट बच्ने उनको चान्स नभएको स्रोतको भनाई छ ।

प्रतिक्रिया