आइएमइका सिइओ पोखरेल सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई उक्त सम्मान प्रदान गरे । वर्षभरि संस्थाको नेतृत्व गर्दा देखाएको कौशलताका आधारमा आइएमइका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोखरेललाई सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मान ग्रहणपछि संक्षिप्त मन्तव्य दिँदै सिइओ पोखरेलले आपूmलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आपूm र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको उल्लेख गरे ।

प्रतिक्रिया