आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । आज सातौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व रेडियो दिवस सन् २०१२ बाट मनाउन सुरु गरिए हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखदेखि हरेक वर्षको फेबु्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा भने २००३ सालमा काठमाडौंबाट रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा मोरङको बिराटनगरबाट रेडियो सञ्चालन सुरु भएको हो ।

विश्वमा भने व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९६ वर्ष पुगेको छ । विश्व रेडियो दिवसको अवसरमा सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुडर्रेजले शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया