रूपन्देही च्यालेन्जर्सको दोस्रो जित

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिगअन्तर्गत रूपन्देही च्यालेन्जर्सले दोस्रो जित निकालेको छ । अर्को खेलमा स्थानीय दुई टोलीबीचको भिडन्तमा सिवाइसी अत्तरियाले सफलता प्राप्त गरेको छ । प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा अत्तरियाले स्थानीय अर्काे क्लब धनगढी स्टार्सलाई ५ रनले पराजित ग¥यो ।
मंगलबारकै दोस्रो खेलमा विराटनगर किङ्सलाई ५ विकेटले हराउँदैै रूपन्देही च्यालेन्जर्स विजयी भयो । यसअघि सोमबार भएको पहिलो खेलमा धनगढीलाई पनि रूपन्देहीले हराएको थियो । लगातार दुई जित निकालेको रूपन्देही ४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनायो । अत्तरियाका लागि सन्नी पटलले ३५ बनाउँदा जयकिसन कोल्सावालाले २१ रन जोडे । प्रेम तामाङले १२, दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।धनगढीका रोशन मुस्तफाले ४ ओभरमा १४ रन खर्चंदै २ विकेट लिए भने सोमपाल कामी, अमिर हायात र विपिन खत्रीको भागमा १÷१ विकेट प¥यो । जबाफी ब्याटिङ गर्दै ९६ रनको लक्ष्यसहित मैदानमा उत्रेको धनगढी २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन सीमित भयो । धनगढीका राजु रिजालको अविजित २६ रन प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । उनले २६ बलमै १ छक्का र १ चौकाको मद्दतमा सो रन बनाएका थिए ।

रोहन मुस्तफाले १८ रन, सन्दीप रिजालले ११, सोमपाल कामीले १० रन रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाएनन् । अत्तरियाका लागि भुवन कार्कीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । सन्नी पटेलले २ लिँदा दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले १÷१ विकेट लिए । अत्तरियाका सन्नी पटेलले म्यान अफ दी हुँदै १५ हजार प्राप्त गरे । दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन बनायो ।

रूपन्देहीका पुनीत मेहराले ४ ओभरमा एक मेडनसहित २० रन खर्चेर ३ विकेट लिँदा ललित राजवंशी र वसन्त रेग्मीले समान २÷२ विकेट लिए । विक्रम सोब र कृष्ण कार्कीले १/१ विकेट लिए । सामान्य लक्ष्यसहित ब्याटिङ गर्न उत्रेको रूपन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

रूपन्देहीका लागी पुनीत मेहराले २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतले ४६ रन जोडे । विदेशी खेलाडी बाबर हायातले १७ रन जोड्दा भीम सार्कीले १२ रन बनाए । विराटनगरका अविनाश यादवले २ विकेट लिए भने सुसन भारी, करण केसी र समसाद शेखले १÷१ विकेट लिए ।

प्रतिक्रिया