आकाश र आँचल सुटुक्क धुलिखेलमा

शुकदेव थपलिया, काभ्रे । नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखापरेका छन् । आकाशले आँचललाई सरप्राइज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आइपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् ।

आँचलले बर्थडेको केक काट्छिन् उता आकाशले पपअप पट्काउँछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुसी भएर आकाशलाई मुस्कानसहित प्रेमभाव प्रकट गर्छिन् । होटेलको रेस्टुरेन्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन् । त्यहीवेला परबाट निर्देशक प्रभावनले ‘ओके’ भने । उनले भने, ‘ल अब अर्को एंगलबाट ‘सट’ लिऊँ ।’
यत्तिकैमा होटलमा रहेका सबैको ध्यान भंग हुन्छ । ‘ए सुटिङ पो रहेछ १’ गायक प्रमोद खरेलको गायन रहेको गजल ‘समय आएपछि’ को भिडियोको सुटिङको लागि नेपाली सिने क्षेत्रका व्यस्त जोडीलाई लिएर निर्देशक प्रभावन पर्यटकीय नगरी धुलिखेल पुगेका थिए । उनी त्यहाँको मनमोहक दृश्य कैद गर्न मिराबल होटेलमा व्यस्त देखिन्थे । हेर्दा लाग्थ्यो म्युजिक भिडियो हैन कि फिल्मकै सुटिङ भइरहेको छ । आकाश र आँचललाई साथ दिइरहका थिए, कलाकार रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोलेले ।

क्यामेराम्यान टंक केसी र उनको साथमा कोरियोग्राफर विशेष महर्जन असिनपसिन हुँदै सट लिइरहेका थिए । उता, डिएआर मुभिजका व्यवस्थापक डिएन दाहाल ९धनपति० बिहेको सिनका लागि ठूलो सेट बनाउन र भिड व्यवस्थापनको कसरतमा टिम लिएर दौडधूप गरिरहेका देखिन्थे । धु्रव केसीको रचना रहेको उक्त गजलमा संगीत ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् । भिडियोमा कला संयोजन रोशन झा, मेकअप निमा लामाले गरेका छन् । अभिनेता आकाश भन्दै थिए, ‘म म्युजिक भिडियो सुटिङ हैनकी कुनै बिग मुभिजको गीत गरिरहेको छु झैँ लागिरहेको छ ।’ उता, अभिनेत्री आँचलले मलिनो स्वरमा भनिन् ‘यो म्युजिक भिडियोको कथालाई लिएर निर्देशक प्रभावनले मलाई पहिलोपटक धुलिखेल अस्पतालमा लगी एमआरआई गराए ।’

एमआरआई गरेको आँचलको यो पहिलो अनुभव थियो । एमआरआई मेसिनबाट बाहिर निस्केपछि आँचलले लामो श्वास फेर्दै भनिन्, ‘हे भगवान् १ यो प्रभावन दाइले मलाई कतिसम्म खटाउनुभएको, सातो उडाउनुभयो र पनि रमाइलो भइरहेको छ ।’ भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् । छोटो समयमा सांगीतिक बजारमा आप्mनो अलग्गै पहिचान बनाएर अघि बढिरहेको डिएआर मुभिजले यो गीत बजारमा आउँदा नेपाली दर्शकलाई अलग्गै स्वाद पस्कन सफल हुनेमा व्यवस्थापक डिएन दाहाल रहेको बताए । ईश्वर खत्री र ध्रुव केसीको संयुक्त प्रस्तुति ‘समय आएपछि’ गजल संग्रह डिएआर मुभिजले चाँडै नै बजारमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया