पल्सर राइड मेनिया सम्पन्न

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ सम्पन्न गरेको छ । बजाजले माघ २५ गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राइड मेनियामा बुटवलका पल्सर राइडरहरूले सहभागिता जनाएका थिए । उक्त राइड मेनिया बुटवलबाट सुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो ।

पल्सर राइड मेनियाले १५ जना राइडरका लागि राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राइड मेनिया, बजाज मोटरसाइकल बुटवलका लागि आधिकारिक वितरक भैरब अटोमोबाइलस् प्रालिले बुटवलबाट सुरु भएर नयाँ–नयाँ गन्तव्यमा राइडर्सलाई लैजाने बताएका छन् ।

प्रतिक्रिया