मल्होत्राको नेता कनेक्सन !

काठमाडौं । सुन तस्करी काण्डसहित पछिल्लो समय भन्सार छुटमा समेत नक्कली विवरण पेस गर्ने व्यापारी दीपक मल्होत्रा अहिले अनुसन्धानमा छन् । मोबाइल निर्यातमा कर छुटको माग गर्दै गलत विवरण पेस गरेको खुलेपछि उनलाई राजस्व अनुसन्धान विभाग र कर कार्यालयले अनुसन्धान गरिरहेका हुन् ।

तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । दया शर्मा पनि तस्करीको धन्दा गर्ने अर्का व्यक्ति हुन् । उनी मल्होत्राका पार्टनरसमेत हुन् । यस्तै, अर्का हुण्डी कारोबारी विमल पोद्दार भने उनका खास पार्टनर हुन्

२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा तस्करीको सेटिङ मिलाउँथे । मल्होत्रालाई किटानी गर्दा पनि कारबाही नहुनुमा उनको नेतादेखि अख्तियारसम्म सेटिङ मिलाउन खप्पिस भएका कारण यो सम्भव भएको बताइन्छ  

नेपालमा सुन तस्करीको इतिहास लामो भए पनि मल्होत्राको संलग्नता भने २०५४ सालमा आएर जोडिएको छ । २०४१ सालदेखि विमानस्थलबाट तस्करीका सुन पक्राउ गर्न थालेपछि यसको चर्चा सुरु भएको थियो । २०४८ पछि यस्तो कारोबार ह्वातै बढ्यो ।

५४ सालतिर आइपुग्दा सरकारकै संरक्षण सुन तस्करी हुने गरेको आरोप संसद्मै उठ्यो । सरकारको प्रत्यक्ष संरक्षण र निगरानीमा सुन तस्करी हुने गरेको विषयमा छानबिन गर्न राजस्व चुहावट संयुक्त संसदीय समिति गठन भयो । सांसदहरूले सदनमा त्यसबारे आवाज उठाएपछि परी थापाको संयोजकत्वमा २३ वैशाख ०५५ मा बनेको थियो उक्त समिति । जसले, २८ पुस ०५५ मा प्रतिवेदन बुझायो ।

प्रतिवेदनमा किटानीका साथ दीपक मल्होत्रा, अनिल जाटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आइएल प्रधान, टेकबहादुर गुरुङ, जमिम शाह (स्वं.), ताहिर शाह, प्रकाश टिबडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दीपक स्वाँर सुन तस्करीमा संलग्न रहेको खुलाइएको थियो ।

तर, ती कुनैमाथि कानुनी कारबाही भएन । किनकि मल्होत्राको तत्कालीन मन्त्रीसहित प्रहरीका उच्च हाकिमहरू सँग राम्रो सम्बन्ध रहेको हुँदा उनीमाथि कारबाही हुन सकेन । प्रहरीकै उच्च तहको मिलमतोमा लामो समयदेखि अवैध सुनको तस्करी हुँदै आएकोमा सेटिङ नमिलेपछि अहिले तस्कर समूहबाटै अवैध सुनको सूचना लिक भएको बताइन्छ ।

२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा तस्करीको सेटिङ मिलाउँथे । मल्होत्रालाई किटानी गर्दा पनि कारबाही नहुनुमा उनको नेतादेखि अख्तियारसम्म सेटिङ मिलाउन खप्पिस भएका कारण यो सम्भव भएको बताइन्छ । बानेश्वरमा रहेको लोकमानसिंह कार्कीको घरमा २०७३ सालमा म्याद टाँस्न पुगेका सर्वोच्च अदालतका कर्मचारीले त्यहाँ मल्होत्राको कार्यालय रहेको त्यतिबेला पत्तो पाए, जतिखेर उनीहरूमाथि आइलागेका थिए त्यहाँ कार्यरत कर्मचारीहरू । लोकमानको उक्त घर मासिक पाँच लाख भाडा तिर्ने गरी मल्होत्राले प्रयोग गर्दै आएको खुलेको छ । उनले मोबाइल बिक्री वितरणको कार्यालय भन्दै कार्कीको घर भाडामा लिएका थिए ।

सामसुङ मोबाइलको व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मल्होत्राको पुर्व आइजिपी उपेन्द्रकान्त अर्यालसहित केही एआइजीसम्म राम्रो सम्बन्ध छ । विदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मल्होत्रालाई जोगाएका थिए ।

खासमा मल्होत्राकै सेटिङअनुसार एसएसपी श्रेष्ठ एयरपोर्ट गएका थिए र सुन तथा विदेशी मुद्राको तस्करी गराएको स्रोतले बताएको छ । श्रेष्ठलाई जस्तै गरी विजयलाल कायस्थलाई सोही समूहले एयरपोर्टमा सरुवा गरी तस्करीको धन्दा चलाएको थियो । एयरपोर्ट भन्सारका तत्कालीन प्रमुख सुदीपचन्द्र शाह र कायस्थको मिलेमतोमा यस्तो धन्दामा मौलाएको थियो ।

भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की र अर्यालले जोगाएका थिए । स्रोतका अनुसार विभिन्न ब्रान्डेड सामानमार्फत अहिले सुन तस्करी हुने गरेको छ । एयरपोर्टमा काम गर्ने अन्य प्रहरीलाई थाहा नदिई कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन आउने गरेको छ ।

तस्करीबाट आउने सुन काठमाडौंका सुन पसलेदेखि केही मारवाडी व्यवसायीहरू छन् । त्यसरी तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । दया शर्मा पनि तस्करीको धन्दा गर्ने अर्का व्यक्ति हुन् । उनी मल्होत्राका पार्टनरसमेत हुन् । यस्तै, अर्का हुण्डी कारोबारी विमल पोद्दार भने उनका खास पार्टनर हुन् । जसलाई गृह मन्त्रालयको छानबिन समितिले पक्राउ गरेपछि मल्होत्राको कनेक्सन झनै खुल्यो । उनलाई पक्राउ गर्ने तयारी गरिरहँदा समितिको म्याद नै सकियो । त्यसबेला मल्होत्रा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सदस्य टोली भएर गएका थिए । यता, पक्राउ पर्ने डरले उनी त्यसबेला नेपाल नै फर्किएनन् ।

पोद्दारले मल्होत्राको सुन कनेक्सन र रकम पठाउने तरिका सबै प्रहरीसमक्ष बताएका थिए । उनी पक्राउ परेपछि विगतको पोल पुनः खुल्ने डरले त्यतिबेला सत्ता र शक्तिमा रहेको समूहले समितिलाई प्रतिवेदन बुझाउन र गुपचुप बनाउन दबाब दियो । जसका कारण सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

‘सेटिङ’मा चल्दै आएको धन्दाको शृंखला लामै छ । लागुऔषध र सुन तस्करी गर्न नेपालीलाई सिकाउने प्रमुख व्यक्ति भने पोल्यान्डका नागरिक रहेको यो क्षेत्रका जानकार बताउँछन् । पञ्चायतकालमा राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिएपछि सुन तस्करी सुरु भएको मानिन्छ । सुनको अवैध कारोबार सन् १९८० को दशकमा ‘नोटिस’मा आएको हो । ०४५ सालतिर सुन तस्करीमा विमानस्थलमा तैनाथ प्रहरीको संलग्नता रहेको खुलेपछि पूरै सेट फिर्ता गरिएको थियो, एक प्रहरी अधिकृत पनि पक्राउ परेका थिए ।

उत्तरकोरियाली दूतावासका कर्मचारीको पनि संलग्नता देखिने गरेको थियो त्यतिबेला । पञ्चायतकालमा सुन आउने र जाने भइरहन्थ्यो । ०४५ सालयता परिमाण ठूलो देखिन थालेको हो । खुमबहादुर खड्का र गौतम गृहमन्त्री हुँदा संगठित रूप यसले पाएको देखिन्छ ।
हङकङ, दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीनलगायतबाट भित्रिने अवैध सुनमध्ये थोरै नेपालमा खपत हुन्छ भने धेरै भारत पुर्याइने गरेको छ ।

तत्कालीन डिएसपीहरू केशव बस्नेत, नरेश गुरुङ, कल्याण तिमिल्सिना, किरण गौतम तथा निरीक्षकहरू रविराज श्रेष्ठ, दुर्जकुमार राई र ढकबहादुर कार्कीसमेत आरोपित थिए, सुन तस्करीमा । तीमध्ये बस्नेतको जीवनशैलीमा रातारात परिवर्तन भएको हल्ला चलेपछि उनी भागेर अस्ट्रेलिया पुगे । श्रेष्ठ विमानस्थलकै एसएसपी छँदा सुनकाण्डमै मुछिएर जागिर गयो ।

खड्का गृहमन्त्री हुँदा सांसद खरिद–बिक्रीका लागि रकम दिनेमा तिमिल्सिनाको पनि नाम आएको थियो । शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका सरकारका पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध धन्दा उत्कर्षमा थियो  । त्यो पनि, सरकारका उच्चपदस्थ र प्रहरी अधिकृतकै प्रत्यक्ष संलग्नतामा  । सोही समयमा विमानस्थलबाट चरेससमेत आउने र जाने गरेको थियो ।

त्यतिबेला एकपछि अर्को गृहमन्त्री बनेका खड्का र गौतमकै संरक्षणमा सुन र अमेरिकी डलरको अवैध ओसारपसार हुने गरेको प्रहरीका पूर्व–अधिकारीहरू बताउँछन् । डलर अन्य मुलुक पठाउने तथा सुन र चरेस भित्र्याउने धन्दा चलेको थियो ।

प्रतिक्रिया