नोकरशाही–कार्यकारिणी द्वन्द्वात्मक परिदृष्य

नोकरशाहीले कार्यकारिणीद्वारा प्रतिपादित सिद्धान्तलाई व्यवहारमा ल्याउन प्रयत्न गर्नेछन् । तर, सम्बद्ध कर्मचारीतन्त्रलाई कार्यकारिणी प्रमुखले बाध्यात्मक परिस्थिति खडा गरी कार्य गर्न वा गराउन सक्ने अवस्था भने रहँदैन । किनकि, नोकरशाही, कार्यकारिणीकै अधीनमा रहने निकाय भए तापनि सम्बद्ध मुलुकको नियम कानुनको अधीनमा रही कार्य गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण यी दुवै पक्षको बीचमा कहिले काहीँ द्वन्द्वगत मनस्थिति देखिन सक्छन् 

शक्तिको उन्मादले जन्माएको विकृतिमय व्यवहारले समाजलाई अराजकताको दलदलमा धकल्नेछ । तत्पश्चात्ः स्वतः द्वन्द्वात्मक परिदृष्य सभ्य एवं सुिशक्षित सामाजिक परिवेशमा खुल्लम–खुला रूपमा देखापर्न थाल्नेछ । सामान्य हिसाबले हेर्दा व्यक्तिगत द्वन्द्वको प्रतिविम्ब देखिए तापनि यथार्थमा उक्त नोकरशाही–कार्यकारिणी बीचको द्वन्द्वात्मक परिदृष्यलाई संस्थात्मक प्रतिनिधि मुलक द्वन्द्वको रूपमा चित्रण गर्न सकिनेछ ।

नेपाललगायत विश्वको जुनसुकै मुलकको आदर्श लोकतन्त्रमा प्रष्ट विचार सहितको वाक् तथा पारदर्शीसम्बन्धी स्वतन्त्रतालाई द्वन्द्वात्मक रूपको प्रतिमूर्ति मान्न सकिँदैन । यस प्रकारको कदमले निःसन्देह लोकतन्त्रको विकास तथा संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । तर, स्वतन्त्रताको नाममा व्यक्तिवादी मपाइत्वको प्रभावशालिता हाबी भए समस्या निम्तिने निश्चित छ । मुलुकको विविध परिवेशमा वेलाबखत देखिने यस प्रकारका असामान्य व्यवहारले मूलतः सम्बद्ध समूहमा आबद्ध रहने एक पक्षले अर्को पक्षलाई सहज रूपमा विश्वास नगर्ने परिपाटीको जन्म भई विश्वासको संकट उत्पन्न हुने डरलाग्दो खतरा जीवन्त रहन्छ ।

जुन मूलत ः भ्रष्टाचारजन्य मनसायबाट अभिप्रेरित रहेको मान्न सकिनेछ । जहाँ भ्रष्टाचारको गन्ध आउँछ, त्यहाँ अवश्य पनि विपत्तिले डेरा जमाउनेछ भन्दा फरक नपर्ला । तदुपरान्त उत्पन्न हुने परिस्थितिले मुलुकको आर्थिक विकास एवं समृद्धिको यात्रालाई दशकाँै पछाडि धकल्नेछ । तसर्थ, स्वच्छ एवं पारदर्शी नोकरशाहीतन्त्रका लागि सदाशयुक्त कार्यकारिणीको भूमिकालाई अन्यथा लिन मिल्दैन ।

प्रस्तुतः सन्दर्भमा घटेका र घटन सक्ने परिस्थितिजन्य घटनाक्रमलाई नजिकबाट नियालेर अध्ययन गर्ने हो भने त्यहाँ रहनुपर्ने आपसी विश्वासको कसिमा समन्वयको अभाव देखियो । उत्पन्न अविश्वासले नोकरशाही–कार्यकारिणीको बीचमा असहयोगको संकट चुलिए नोकरशाहीतन्त्रमा नै ऋणात्मक प्रभावको गतिशिलताले पार्ने प्रभावको बारेमा आकलन गर्नु त्यति युक्तिसंगत कदम मान्न सकिँदैन ।

यसमा यति मात्र भन्न सकिन्छ कि, जुन मुलुक एवं नागरिक समाजका लागि घातक सावित हुनेछ । किनकि, अन्योन्याश्रित सह–सम्बन्ध रहनुपर्ने समूहमा नै यसको अभाव खड्किए आर्थिक विकास एवं समृद्धि मृग तृष्णासरह बन्नेछ । यी यस्ता व्यवहार हुन् जसले मुलुकलाई अनिष्ठाको भूमरीमा धकल्नुको साथै प्रशासनिक दुर्घटनालाई समेत निम्ताउने छ भन्दा फरक नपर्ला । किनकि, उदाहरण बन्नुपर्ने संस्थाहरूमाझ नै द्वन्द्वात्मक मनस्थिति देखिए अन्य क्षेत्रको अवस्था के रहला हामी जो कोहीले पनि सहजै अनुमान लगाउन सक्नेछाँै ।

एक अर्को पक्षको शक्तिले उत्पन्न हुने परिवेश नै सम्बद्ध पक्ष बीचको असन्तुलित व्यवहार हो । आपसी समन्वय रहनुपर्ने समूहमा नै समस्या देखिए सम्पूर्ण विकास निर्माणका पूर्वाधारहरूमा समेत ऋणात्मक प्रभाव पर्न जाने अहम् तथ्यलाई मनन गर्दै द्वन्द्व न्यूनीकरणका लागि अपनाउनुपर्ने विधिहरू अवलम्बन गर्दै सुशासन सहितको कार्यदक्षता आजको आवश्यकता भन्ने तथ्यलाई मनन गर्दै कार्य गर्नु सर्व पक्षीय हितग्राही कदम मान्न सकिन्छ । जसको सफल परिणामले देखाउने परिदृष्य भनेकै अवरोध विहीन अवस्थामा समृद्धिको गति हासिल गर्नु हो ।

तसर्थ, नेपाललगायत विश्वका कुनै पनि मुलुकमा कार्यकारिणीले नोकरशाहीतन्त्रको मनोबल गिराउने कार्य पक्कै पनि गर्नु हुँदैन । बरू सौहार्दपूर्ण वातावरणमा मनोबल उच्च राख्ने प्रवृतियुक्त व्यवहारको गतिशिलतालाई क्रमबद्ध रूपमा अगाडि बढाउने चेष्टा गर्नुपर्छ । तर, लोकतन्त्र प्राप्ति पश्चात् हरेक क्षेत्रमा कायम रहन आएको अराजक परिस्थितिबाट उत्पन्न हुने प्रशासकीय अव्यवहारिक पनको कारण न्यूनतम रूपमा कायम रहनुपर्ने नैतिक एवं अनुशासन हिनताले निम्ताएको दूषित भावनाको रूपमा यस अवस्थालाई बुझ्न सकिन्छ ।

यस समूहमा समय–समयमा देखिने अस्वाभाविक क्रियाकलापलाई न्यूनीकरणको चाहना राख्ने हो भने निःसन्देह नागरिक समाजको सहकार्यको अपरिहार्यतालाई पृथक राख्न मिल्दैन । तर, प्रशासनिक शक्तिको उन्मादले निम्ताएको परिणाम स्वरूप नागरिक सदासशयतालाई बेवास्ता गर्ने परिपाटीको विकासबाट उत्पन्न हुने गतिरोध नै यस समूह भित्रको द्वन्द्वात्मक परिदृष्यसमेत हो ।

नोकरशाहीले कार्यकारिणीद्धारा प्रतिपादित सिद्धान्तलाई व्यवहारमा ल्याउन प्रयत्न गर्नेछन्, तर सम्बद्ध कर्मचारीतन्त्रलाई कार्यकारिणी प्रमुखले बाध्यात्मक परिस्थिति खडा गरी कार्य गर्न वा गराउन सक्ने अवस्था भने रहँदैन । किनकि, नोकरशाही, कार्यकारिणीकै अधीनमा रहने निकाय भए तापनि सम्बद्ध मुलुकको नियम कानुनको अधीनमा रही कार्य गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण यी दुवै पक्षको बीचमा कहिले काहीँ द्वन्द्वगत मनस्थिति देखिन सक्छ । जसलाई स्वाभाविक रूपमै लिई आआफ्नो कार्यक्षेत्रमा निरन्तरता प्रदान गर्दा यस क्षेत्रमा रहेका समस्याहरू निराकरण गर्न धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ ।

विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकले अपारदर्शितालाई राज्यको अभिन्न अंगको रूपमा लिई कार्य गर्नु हँुदैन । यदि, यस प्रकारको व्यवहारलाई यथार्थमै लागू गर्ने चेष्टा गरिए, नागरिक समाज र कार्यकारिणीको बीचमा रहेको नोकरशाहीतन्त्रले यसको विरोध गर्नुपर्ने परिस्थितीको जन्म हुनेछ । जुन अवस्थालाई द्वन्द्वात्मकताको प्रमुख सूत्राधार मान्न सकिन्छ ।

मुलुकको कार्यकारिणी समूहमा सदैव रहनुपर्ने पारदर्शितालाई सही रूपमा व्यवहारमा उतार्न नसकिएकै कारण सम्बद्ध समूहमा विश्वासको संकट चुलिन जाने प्रबल सम्भावनाहरू जीवन्त रहन्छ । यो नै त्यस्तो प्रभावकारी तत्व हो जसले एक आपसमा वैमनस्यता उत्पन्न गरी द्वन्द्वात्मकताको श्रीगणेश गर्नेछ । यसका अतिरिक्त कार्यकारिणी यस्तो सर्वोपरि निकाय हो जुन सम्बद्ध मुलुकको नागरिक समुदायको विश्वासी पात्र हुनुकोे साथै, जननैसर्गिक अधिकार एवं सम्प्रभुता रक्षा गर्ने समूहसमेत हो । यसबाहेक नोकरशाही निश्चित रूपबाट कार्यकारिणीबाटै घेरिने संंस्था भएको हुँदा यी दुवै समूहको बीचमा कुनै प्रकारको टकरावको स्थिति पैदा हुनु हुँदैन । कथम कदाचित उक्त भावनाको प्रतिनिधित्व बोध हुन नसके प्रशासनिक दुर्घटना निश्चित छ । यसै तथ्यगत आधारमा हेर्दा यदाकदा देखिने अस्वाभाविक घटनाहरू यसै परिणितिको ज्वलन्त उदाहरण मात्र हो भन्न सकिन्छ ।

आपसी विश्वासको धरोहरले नै राज्यपक्षद्वारा समय समयमा निर्धारण गरिने नीति, निर्देशन तथा निर्णयलाई तहगत आधारमा कार्यान्वयन गर्न कुनै पनि प्रकार कठिनाइ नोकरशाहीतन्त्रमा उत्पन्न हुने छैन । यदि, कार्यकारिणी निकायद्वारा प्रतिपादित नीति निर्देशनलाई व्यवहारमा उतार्ने क्रममा उक्त समूहले बखेडा उत्पन्न गरे सम्बद्ध मुलुकको कार्यकारिणी समूह बेकम्मा सावित हुने अर्को खतरा जीवितै रहन्छ । तसर्थ, राज्यका अभिन्न अंगको रूपमा रहेको नोकरशाहीतन्त्रको मनोबल गिराउने कार्यमा कुनै पनि समूह लाग्नु त्यति शोभनीय कार्य पक्कै पनि होइन ।

वितृष्णायुक्त वातावरणमा अन्जानवश भएका भूलले समेत प्रत्युत्पादक असर देखिन सक्ने सम्भावना रहेको हुँदा सूक्ष्म एवं संयमताका साथ सम्बद्धपक्षले कार्य गर्नु पर्नेछ । परिणाम स्वरूप सम्बन्ध विस्तारको कसीमा पर्ने ऋणात्मक प्रभावको जालोबाट मुक्त रहँदै अन्योन्याश्रित सम्बन्ध विस्तारलाई कुनै पनि पक्षले छेक्न नसक्ने निश्चित छ । नोकरशाही समूहमा आबद्ध रहने समूहले पनि आवश्यक निर्णयहरू लिइदा व्यवहारिक पक्षलाई ध्यानमा राखी लिइने हुँदा सम्भावित द्वन्द्व न्यूनीकरणको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सहजता प्राप्ति हुनेछ । किनकि, कार्यकारिणीको तुलनामा नोकरशाही स्थायी प्रवृतिको भएको हुँदा नागरिक समु्दायसँग समन्वयको विकासको हिसाबले कार्यकारिणीसँग टकराव लिने अवस्था पैदा भए निश्चित रूपमा द्वन्द्व न्यूनीकरण हुने अवस्था तयार हुने देखिँदैन ।

प्रतिक्रिया