बालबज्जी साहित्यिक द्वैमासिक विमोचित

सञ्जयकुमार सहनी, रौतहट । बज्जिका भाषाको संरक्षण गर्ने उद्देश्य राखेर बालसाहित्यिक पत्रिका निकालिएको छ । नेपालमै पहिलो पटक बज्जिका भाषाको बालसाहित्यिक पत्रिका रहेको प्रकाशन समूहले जनाएको ।

गरुडामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष एवं युवा/जुनियर रेडक्रस सर्कल जिल्ला कार्य समितिका संयोजक धर्मेन्द्रकुमार सिंह, नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादव, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्रप्रसाद यादव, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, बज्जिका पत्रकार संघ नेपालका कोषाध्यक्ष एवं बज्जिका खबर डटकमका सम्पादक मनोजकुमार चौधरी, शिक्षिका रेणु गुप्ता, बज्जिका अनुसन्धानकर्मी देवेन्द्र साह, किशुनदयाल यादव, साहित्यकार केदार यादव, बज्जिका लेखिका समतोलिया मुखिया लगायतले उक्त पत्रिका संयुक्तरुपमा विमोचन गरिएको हो । बज्जिका भाषाको पहिलो बालपत्रिकाको सम्पादन तथा प्रकाशन सञ्जय मित्रले गरेका छन् ।

प्रतिक्रिया