जिल्ला अस्पताल ५० बेडमा स्तरोन्नति हुँदै

विराटनगर । प्रदेश–१ का जिल्ला अस्पताल अब ५० बेडको हुुने भएका छन् । प्रदेश सरकारले पहिलो चरणमा मोरङको रंगेली, मंगलबारे झापाको दमक तथा उदयपुुरको कटारी अस्पतालको स्तरोन्नति गर्दै ५० बेडमा सञ्चालन गर्न लागेको हो । अहिले ती अस्पतालहरू १५ बेडका छन् ।

प्रदेश–१ को समाजिक विकास मन्त्रालयलले अस्पतालमा थप बेड सञ्चालनमा ल्याउन लागेको हो । प्रदेशका सबै जिल्ला अस्पतालहरू प्रदेश सरकारको मातहतमा आइसकेका छन् । अस्पतालमा थप बेड सञ्चालनका लागि प्रत्येक जिल्ला अस्पतालमा प्रदेश सरकारले १ करोड ३० लाख रुपैयाँ विनियोजित गरिसकेको छ । चालुु आवभित्रै चार वटै अस्पताल थप बेडमा सञ्चालनमा हुुनेछन् ।

सबै जिल्ला अस्पताललाई विशिष्ठ चिकित्सकीय सेवा प्रदाय अस्पताल बनाउने उद्देश्यले जिल्ला अस्पतालको स्तरोन्नति तथा थप बेड सञ्चालनमा ल्याउन लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । पहिलो चरणमा चार वटा र १४ वटै जिल्लाका जिल्ला अस्पतालमा थप बेड र कुुशल डक्टर सहितको सेवा उपलव्ध गराउने गरी प्रदेश सरकाले काम अघि बढाएको मन्त्री घिमिरेको भनाइ छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य उपकरणसमेत उपलव्ध गराउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

रंगेली नगरपालिकाले रंगेली अस्पतालमा बेड थप गर्नका लागि केन्द्रीय स्तरमा स्वास्थ्य मन्त्रालयसँग पनि पहल गरेको जनाएको छ । रंगेलीमा रहेको सो अस्पतालल पूुर्वको रंगेली, रतुुवामाई, सनवर्सी नगरपालिका धनपाल गाउँपालिका तथा भारतीय सीमावर्ती गाउँका मानिसलाई समेत स्वास्थ्य सेवा पुु¥याउँदै आएकोले पनि अस्पतालमा थप बेड आवश्यक रहेको रंगेली नगरपालिकाका मेयर दिलीप वगडियाको भनाइ छ ।

जिल्ला अस्पतालमा दरबन्दीअनुुसार डाक्टर नहँुुदा समस्या हुुने गरेको छ । डाक्टरहरू तोकिएको अस्पतालमा काम नर्गने र गए पनि थोरै समय अस्पतालमा हाजिर हुुने र अधिकांश समय काम मिलाएर काठमाडांै जाने प्रवृत्तिले बिरामीहरू उपचार पाउन सकेका छैनन् । मेयर वगडियाले जिल्ला अस्पतालको सेवा थप प्रभावकारी वनाउन विधि र प्रक्रिया बनाएर स्थानीयतहलाई समेत जिम्मेवारी दिनुुपर्नेमा जोड दिए ।

प्रतिक्रिया