आइएमई र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु रामजैशीले हस्ताक्षर गरे ।

सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरूले कञ्चन विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया