पुरुषोत्तम न्यौपानेको ‘पैसा फल्ने रुख’ सार्वजनिक

काठमाडौँ । बिदेशिएका नेपालीहरुको दुख तथा यथार्थ कथामा आधारित लोकदोहोरी गीत ‘पैसा फाल्ने रुख’ सार्वजनिक भएको छ । उक्त गीत बरिष्ठ गायक पुरुषोत्तम न्यौपानेको एकल मर्मस्पर्सी आवाजमा सजिएको छ ।

सोही गीत बिष्णु न्यौपानेले शब्द सृजना तथा संगीत भरेका छन् भने शिव दर्शन फिल्मस् प्रालिको प्रस्तुतिमा रहेको छ । त्यस्तै सिर्जन बरालले सोही गीतको भिडियो निर्देशन गरेका छन् भने प्रविण घिमिरेले छायांकन गरेका हुन् ।

प्रविण रेश्मी मगरले सम्पादन गरेको उक्त भिडियोमा सारिका केसी, राजकुमार कार्की, बलबीर कार्की र पम्फा थापा लगायतको अभिनय रहेको छ ।

घरको ऋण तिरमा बिदेशिएका नेपालीहरुकाका दुख एवं घरमा पैसाको बाटो हेरेर बसेका बृद्ध बुवा आमाको सपना पुरा गर्न नसकेको यथार्थ कथावस्तुलाई सोही गीतमार्फत समावेश गरेर बजारमा ल्याएको गायक न्यौपानेले बताएका छन् ।

स्याङ्गजा जिल्लाको बलाम बेल्टारीमा जन्मिएका गायक पुरुषोत्तम न्यौपानेका आवाजमा दर्जनौं मौलिक गीतहरु बजारमा प्रसस्त छन् ।

ऐना हेरेर, फुलको बासना, सरर पानि घट्टमा, लगायतका उनका धेरै गीत नेपालि दर्शक स्रोताको रोजाइमा परिसकेका परिसकेका छन् । उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका छन् ।

प्रतिक्रिया