खुल्यो होटल चौदण्डी दरबार

उदयपुर । उदयपुरको बेल्टार बजारमा स्थापना गरिएको होटल चौदण्डी दरबार एण्ड पार्टी प्यालेसले व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । स्थानीय युवाहरू विनोद सेढाई र किशोरकुमार कार्कीले उक्त पार्टी प्यालेस तथा होटल सञ्चालनमा ल्याएका हुन । उक्त पार्टी प्यालेस तथा होटलमा करिब १ करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सञ्चालक द्वयले जानकारी दिए ।

विवाह, ब्रतबन्ध, जन्मदिन लगायत कुनै पनि किसिमको पार्टीको आयोजना गर्न सकिने पार्टी प्यालेसमा तालिम, सेमिनार आदी सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । उक्त पार्टी प्यालेसमा ३०० र १०० जना अटाउने क्षमताको दुईवटा एसी सहितका हलहरू रहेको छ । उक्त पार्टी प्यालेसको कम्पाउण्ड आसपासमा हरियाली गार्डेन, गार्डेन फाउण्टेनको व्यवस्था गरिएको छ । विवाह ब्रतबन्धको लागि आवश्यक पर्ने मण्डप समेतको सोही कम्पाउण्डमा व्यवस्था गरिएको छ । त्यसैगरी विबाहपश्चात नवदुलाहा दुलहीलाई दर्शनको लागि कम्पाउण्ड भित्रै मन्दिरको व्यवस्था गरिएको छ ।

पार्टी प्यालेसले स्वस्थबद्र्धक र स्वादिष्ट खानपिनका साथै रेष्टुरेण्ट र बारको पनि व्यवस्था रहेको छ । त्यसैगरी फूल एसी र एट्याच बाथरूम सहित लजको व्यवस्था समेत रहेको छ । ग्राहकको माग र आवश्यकता बमोजिम रूम तथा सेवाहरू थप्दै लैजाने योजना रहेको सञ्चालकले जानकारी दिए ।

प्रतिक्रिया