‘लुना’ विमोचित

काठमाडौं । डा तुम्ला लौकालको जीवनीमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को सार्वजनिक गरिएको छ । थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गरे ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले आफूले १९९५ सालमा पढेको ‘रुपमति’ देखि ‘लुना’ सम्म आइपुग्दा उपन्यासमा धेरै विविधता आएको बताए । उनले भने, ‘मैले पढेका उपन्यासमध्ये लुना जीवनवादी दृष्टिकोणले अहिलेसम्मकै फरक रहेको पाए ।’ उनले मृत्यु र जीवनबीचमा बाँचेको जीवनको यो कथा अंग्रेजीमा उल्था गरेर यसलाई विश्वव्यापीकरण गर्न लेखक प्रकाशकलाई सुझाव दिए ।

नेपाली समाजमा लुनाले नेपाली महिलालाई बाँच्ने र केही गर्ने कला सिकाउने कार्यक्रमका अर्का अतिथि रन्जित आचार्यले जिकिर गरे । डा. इन्दिरा बस्नेतले लुनाको जस्तै जीवन धेरै नेपाली महिलाले भोगेको तर जीवन कथामा नआएकोले सबैलाई यस्ता जीवन लेखेर प्रेरणा दिन सझाव दिइन् ।त्यस्तै, लेखक डा. लाकौलले आफ्नो जीवन असाध्यै जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृतिले आफूलाई ‘शेली’ को कविता याद दिलाएको जिकिर गरे ।

‘भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ’ भन्ने उक्तिजस्तै यस कृति पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने वेलामा लेखेकाले यसले समाजलाई प्रेरणा दियो भने आफूलाई खुसी लाग्ने बताए ।  घोष्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । उक्त कृतिको मूल्य ३५० रहेको छ ।

प्रतिक्रिया