धार्मिक सहिष्णुताले निम्ताएको निरपेक्षता

धर्मको सन्दर्भमा राज्यले एकद्धार प्रणाली अनुकुलको रणनीति अख्तियार गरे मुलुकमा रहेका अन्य विविध धर्मावलम्बिहरूको गहिरो आस्था एवं आत्मसम्मान चोट पुग्न गई धार्मिक असहिष्णुताको वातावरण तयार हुनुको साथै हिम्सात्मक धार्मिक द्वन्द्वको सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन

०६२-६३ सालको लोकतान्त्रिक आन्दोलनपश्चात् मुलुकले अख्तियारगर्दै आएको धर्मनिरपेक्षताको प्रश्न वेला बखत विवादको घेरा मुक्त रहन सकेको छैन । नागरिक भावनाको मर्ममुतावित कतिपय गम्भीर प्रकृतिका सार्वजनिक सरोकारका मुद्दाहरूमा प्राप्त हुनुपर्ने जन नैसर्गीक अधिकारका पक्षमा नेपाली जनमतलाई विमुख राखेकै परीणाम स्वरूप सुशुष्त रूपमा धार्मिक विचलनको अवस्था सिर्जना गराउने संकेतले द्वन्द्वात्मक रूप धारण गर्न सक्ने अवस्था प्रति शर्तक रहनु आजको आवश्यकता हो । प्रस्तुत तथ्यलाई थप मद्दत पु—याऊन धर्म भिरु सम्प्रदायले तत्सम्बन्धि विषयलाई द्वन्द्वगत उत्कर्षतामा उतार्ने प्रयासहरू नेपाली भूमिमा छिटपुट रूपमा देखापर्नुलाई पक्कै पनि शुभ संकेत मान्न सकिँदैन ।

जसको प्रत्यक्ष प्रभाव स्वरूप नेपाली—नेपाली विचको धार्मिक सद्भावको कतिपय विषयमा आशंका उत्पन्न हुने अवस्थासमेत तयार हुँदै जाने प्रवल सम्भावना रहन्छ । मुलुकका विविध क्षेत्रमा देखिने यस प्रकारका विसंगतिपूर्ण व्यवहारले परम्परागत धार्मिक सद्भावमा खिचलो उत्पन्न गराई अन्योलतापूर्ण भावनाको प्रादुर्भाव हुनेछ । जसलाई जातीय एवं धार्मिक द्वन्द्वको अतिरञ्जितपूर्ण व्यवहार मान्दा फरक नपर्ला । किनकी विविध धार्मिक आस्थामा समाहित रहेका समुहलाई एक अर्कोको धर्मप्रति सम्मान गर्दै ऐक्यबद्धता जाहेर गर्नु धार्मिक सहिष्णुताको परीणाम हो । मुलुक आज पर्यन्त कुनै पनि प्रकारको धार्मिक विवादको चक्रमा नरहेको जग जाहेर छ । जसलाई धार्मिक सहिष्णुताको क्षेत्रमा अनुपम उदाहरणको रूपमा लिन सकिन्छ ।

नेपाल लगायत विश्वको जुनसुकै मुलुकमा पनि धार्मिक विचलनको परिस्थिति निम्त्याउने प्रमुख कारक तत्वका रूपमा सम्बद्ध मुलुकको राजनीतिक अराजक परिस्थितिलाई लिन सकिन्छ, जसको बलमा सनात्तन अवस्था देखिन कायम रहदै आएको आपसी धार्मिक विश्वासको कसिमा द्वैषपूर्ण व्यवहार लागुगर्ने प्रयत्न गरीन्छ भने निश्चित रूपमा त्यहा असहिष्णुता जग निर्मित हुने कुरालाई अन्यथा लिन मिल्दैन । जसलाई आर्थिक असमानताले निम्ताएको परीणाम मान्न सकिन्छ । नेपालको भू—राजनीतिक अवस्था एवं विवीध धार्मिक विविधताको आधारमा हेर्दा राजनीतिक परिवर्तनपश्चात् नै धर्मगत सद्भावमा असमझदारीको सरगर्मिको प्रभाव पर्न गएको पाईन्छ । मुलुकको अधिकाशं नागरिक समुदाय ग्रामिण वस्तीमा रहनुको साथै अशिक्षाको प्रभाव स्वरूप धार्मिक सहिष्णुतामा विखण्डनरूपी हतकण्डाहरू प्रयोग हुने प्रवल सम्भावना निम्तिएका हुन् ।

प्रस्तुत भावनात्मक एवं सम्वेदात्मक विषयमा लोकतन्त्रको सच्चा हिमायती समूह नेपाली काग्रेसको हालै सम्पन्न महासमितीको बैठकमा देखिएको पक्ष—विपक्षका सवालले धर्मनिरपेक्षताको सन्र्दभमा थप अन्योलता सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गरेको पाईयो । यस्ता क्रियाकलापले विषेशगरी आमनागरिक समुदायभन्दा पनि प्रतिगमनकारी तत्वले प्रत्यक्ष वा परोक्ष लाभ हासिल गर्न सक्ने अवस्था रहन्छ । यदि मुलुकलाई धार्मिक आस्थामा विभाजीत गर्न सकिए अशान्ति निश्चित छ भन्ने सम्बद्ध प्रतिगमनकारी तत्वको बुझाई हो । किनकी राजनीति र धर्म एक अर्कोका पूरक तत्व भएकै कारण लोकतान्त्रीक आन्दोलनले परीकल्पना गरेको धर्मनिपेक्षताको रणनीतिलाई राज्यले आत्मसाथ गर्दै संविधानमा समेत समाहित गरेको वर्तमान अवस्था हो ।

अतः धर्मका सन्दर्भमा रहेका खराब परिसूचक तत्वको यकिन पहिचान गरी सहिष्णुता कायम गर्न सम्भव रहे धार्मिक अशान्ति न्यूनीकरण गर्न प्रत्यक्ष सहयोग पुग्नेछ । मुलुकले अख्तियारगर्दै आएको धर्मनिरपेक्षताको विपक्षमा यदि बृहत् जनमत तयार गर्न सकिए सोहि बलमा हिन्दुराष्ट्र कायम राख्न सकिन्छ कि भन्ने दुराषयूक्त भावबाट उत्प्रेरीत भई कार्य गर्ने समुहको वाहुल्यता दैनिक रूपमा अभिबृद्धि भए प्रतिक्रान्तिको खतरालाई अन्यथा लिन मिल्दैन । जुन मुलुक र जनताको लागि अहितकारी हुनेछ ।

तत्पश्चातः धार्मिक आडमा देशी—विदेशी महाशक्तिको प्रभावले मृतपाय अवस्थामा रहेको राजतन्त्रको पक्षमा पनि जनमत तयार गर्न सकिन्छ कि भन्ने अर्को थरीको विश्वास रहेको पाईयो । अन्ततः धार्मिक सद्भावका सहकार्यमा विभाजनको रेखा कोर्दै द्वन्द्वात्मक परिस्थिति निमार्ण गर्न यस प्रकारका व्यवहारले सहयोगी भुमिका निर्वाह गर्नेछ । किनकी हिन्दुवादी जनघनत्वको वाहुल्यतामा नेपाली भूमिमा राजतन्त्रतात्मक शासन पद्धती जिवन्त रहेको ईतिहास साक्षि छ ।

यदि धर्मको सन्दर्भमा राज्यले एकद्धार प्रणाली अनुकुलको रणनीति अख्तियार गरे मुलुकमा रहेका अन्य विविध धर्मावलम्बिहरूको गहिरो आस्था एवं आत्मसम्मान चोट पुग्न गई धार्मिक असहिष्णुताको वातावरण तयार हुनुको साथै हिम्सात्मक धार्मिक द्वन्द्वको सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । धार्मिक विखण्डनको स्थितीबाट मुलुकलाई पृथक राख्ने चेष्टा भए संविधानको भावना एवं मर्ममा चोट नपुग्ने गरी निरपेक्षताको रणनीति अख्तियार गर्नु सर्वपक्षीय हितकर कार्य हो ।

यद्यपि, राज्यका तर्फबाट विविध भाषाभाषी धर्मसंस्कृति आदिवासी जनजाती यावत समुदाय विचको धार्मिक आत्मसम्मानमा चोट नपु¥याउने सुउद्देश्यका साथ कसैको पनि पक्ष—विपक्षमा नलाग्ने प्रण सहितको व्यवस्था नै धर्मनिरपेक्षता भएको हुदा सोलाई व्यवहारमा उतार्ने प्रयास गरिएको हो । परिणाम स्वरूप नेपालराज्यको गणतन्त्रतात्मक संविधान २०७२ को भाग ३ को मौलिक हकअन्र्तगत धारा २६ मा धार्मिक स्वतन्त्रता सम्बन्धि हक सहितको व्यवस्थापन गरीएको छ ।

जस अनुसार प्रत्येक सम्प्रभू नागरीक समुदायलाई आ—आफ्नो धार्मिक आस्थामा निहित रहदै सम्बद्ध पक्षको धर्म अवलम्बन अभ्यास एवं संरक्षणको पूर्ण प्रतिवद्धता सहितको ग्यारेण्टी संविधानले प्रदान गरेको छ । संविधानको भावना एवं मर्म विपरीत कसैले पनि अन्य कुनै सम्प्रदाय विषेश वा धार्मिक आस्थाको प्रतिकुूल रहने गरी धार्मिक विकृति फैलाउने दुराशयभावले प्रेरीत भई द्वेष सिर्जना गरे कानुनत ः दण्डको भागिदार हुनुपर्ने कुरालाई समेत औल्याएको पाइन्छ ।

संविधानले परीकल्पना गरेको नागरीकको धार्मिक आस्था विपरीतको अवस्था तयार गरी सामाजिक सद्भावमा अराजकता उत्पन्न गर्नु भनेको मुलुक र नागरिक समाज प्रति बेइमानी गर्नुबाहेक अन्य केही पनि होइन । मुलुकको तरंगीत राजनीतिको प्रत्यक्ष फाइदा ऊठाई धार्मिक सहिष्णुता विपरीतका क्रियाकलापले मौलाउने अवसर प्राप्त गरे धार्मिक विखण्डनको परिस्थिति खडा हुनेछ ।

राजनीतिक स्वतन्त्रताको नाममा यदि धार्मिक विचलनको अवस्था पैदा भए निश्चित रूपमा त्यहा नागरिक—नागरिक विचमा धर्मयुद्धको सन्त्रास रहने छ । किनकी धार्मिक स्वतन्त्रता भित्र नागरिकको आत्मसम्मान लुकेको हुदा विभेदयुक्त वातावरण तयार भए अराजकताको अवस्थालाई कुनै पनि पक्षले रोक्न नसक्ने ठोकुवा गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा भन्दा मुलुकको कुनै पनि भू—भागमा जात विशेष वा धार्मिक संख्यात्मक हिसावमा कुनै पनि समूहको बाहुल्यता नभएकै परिणाम स्वरूप धार्मिक असहिष्णुताको स्थिति हालसम्म पैदा नभएको मात्र हो । यो नै धर्मनिरपेक्षता भित्रको धार्मिक सहिष्णुता समेत हो । तथापि, आफ्नो निहित स्वार्थपूर्तिको लागि कुनै समूह वा समुदाय विषेशले अप्रिय अवस्था सिर्जनागरी सदियौँदेखि कायम रहँदै आएको धार्मिक सद्भावको कसीमा विचलन ल्याउन सक्ने सम्भावनालाई इन्कार गर्न मिल्दैन । तसर्थः सर्वपक्षीय सतर्कता आजको आवश्यकता भन्ने मूलमन्त्रले धार्मिक द्वन्द्वको प्रभाववाट मुलुकलाई पृथक राख्न सम्भव रहन्छ । जसलाई शान्तिको मूल संवाहक तत्व मान्दा फरक नपर्ला ।

प्रतिक्रिया