जेरियाट्रिक विज्ञ समूह गठन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेष्ठ नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्न जेरियाट्रिक विज्ञ समुह गठन गरेको छ ।

आयोगले विगतदेखि नै जेष्ठ नागरिकहरुको अधिकारलाई प्राथमिकतामा राखेको थियो । भविष्यमा पनि जेष्ठ नागरिकहरुको स्वास्थ्यको अधिकारको संरक्षण गर्ने उदेश्यले सो समुह गठन गरेको आयोगले जनाएको छ ।

आयोगलाई परामर्श तथा सहयोग गर्न आयोगकापूर्व सदस्य डा. गौरीशंकर लालदासको अध्यक्षतामा प्रा. डा. धु्रवराजअधिकारी, डा. निदेश सापकोटा, डा. रमेश कँडेल, डा. रचनाशर्मा, डा. लोचना श्रेष्ठ र डा. नरेन्द्रसिंह ठगुन्ना सदस्य रहेको एक जेरियाट्रिक विज्ञ समूह गठन गरिएको आयोगका निमित्त सचिब टिकाराम पोखरेलले जानकारी दिए ।

यस अघि आयोगले जेष्ठ नागरिकहरुको अधिकारलाई प्राथमिकतामा राखीे देशभर रहेका वृद्धाश्रम तथा जेष्ठ नागरिक हेरचाह केन्द्रहरुको अनुगमन गरी प्रतिवेदन समेत प्रकाशित गरेको थियो ।

उक्त अनुगमन र छलफलका क्रममा जेष्ठ नागरिकहरुलाई लाग्ने बुढ्यौली रोगको बारेमा आयोगले प्राथमिकताका साथ कार्य गर्नुपर्ने भनी विशेषज्ञ चिकित्सक तथा सहभागीहरुबाट प्राप्त सुझाव समेतलाई दृष्टिगत गरी आयोगले जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

विज्ञ समूहबाट आयोगलाई उचित परामर्श प्राप्तभई जेष्ठ नागरिकहरुको स्वास्थको अधिकार संरक्षणमा सहयोग पुग्ने आयोगको भनाइ छ ।

प्रतिक्रिया