कांग्रेस अमेरिकाको पक्षमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुयलाका विषयमा अमेरिकाको पक्षमा आफ्नो मत राखेको छ । संसदीय दलको बैठकले सत्तारुढ नेकपा र सरकारले निकालेको विज्ञप्ती अपरिपक्व रहेको जनाएको छ । यद्यपी अमेरिका पुरानो मित्र रहेकाले उसको समर्थन गर्ने घुमाउरो पारामा भनेको हो ।

नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको कांग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ । सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा लामो समयदेखि नियमित आर्थिक सहयोग पुर्याउँदै आएको पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग पु¥याइरहेको जनाएको छ । बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा डा गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया