दश हजार घुस लिने नायब सुब्बा, कार्की पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गा नामसारी गर्न सार्वजनिक मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको महोत्तरी कार्यालयबाट खटिएको टोलीले रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार नायब सुब्बा कार्कीलाई गौशाला नगरपालिका–१ रामनगरबाट शनिबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया