अक्सिडेन्टल पब्लिक स्कुलको २४औँ बार्षिकोत्सव

काठमाडौं । अक्सिडेन्टल पब्लिक स्कुलले आफ्नो २५औँ वर्ष प्रवेशको अवसर पारी खेलकुद महोत्सव सम्पन्न गरेको छ । काठमाडौंको सानो गौचरणमा सम्पन्न उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरे । उनले उद्घाटनका क्रममा खेलकुदका माध्यमबाट उत्पादित विद्यार्थी राष्ट्रका गहना हुने बताए । राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिनुपर्ने बताउँदै राज्यले खेलकुदमा बढी लगानी गर्नुपर्ने आवश्यकता माथि उनले जोड दिए ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रा।डा डिल्लीराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राडा सिद्धिप्र्रसाद कोइराला तथा विद्यालय स्पोर्ट काउन्सिलका अध्यक्ष श्री गोपाल पौडेलले शुभकामना दिए । २५ वर्षको यात्रामा विद्यालयले खेलकुदका क्षेत्रमा ठूलो फड्को मारेर राष्ट्रिय स्तरका खेलाडीसमेत उत्पादन गरेको स्मरण गराउँदै आउँदा दिनमा पनि खेल क्षेत्रमा लागि रहने विद्यालयका निर्देशक डीबी निरौलाले बताए ।

प्रतिक्रिया