चिकित्सक संघले गर्यो देशैभरका अस्पताल बन्द गर्ने घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघद्वारा देशैभरका अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरिएको छ । आज राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेलगतै चिकित्सक संघले बन्द गर्ने घोषणा गरेको छ ।

डा. गोविन्द केसीको जीजन रक्षाको लागि गरिएको कार्यक्रमलाई सरकारले ध्यान नदिएकोमा चिकित्सक संघले आपत्ती जनाएको छ । डा. केसी २३ दिनदेखि अनसनरत छन् ।

सरकारले डा. केसीको जीवनरक्षाका लागि बेवास्ता गरेको भन्दै चिकित्सक संघले शुक्रबारबाट आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्यहरुमा आकस्मिक बाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा ठप्प गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुन पर्ने चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया