अनसन तोडाउने जिम्मा डा. केसीलाई उचाल्नेकै

काठमाडौं । डा. गोविन्द केसीको अनसन तोडाउने उनलाई उचाल्नेहरुकै जिम्मा भएको नेकपा सरकारले बताएको छ । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि अब अनसनको विषय पनि सकिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गरेका छन् । संसदको दुबै सदनबाट बिधेयक पास भइसकेपछि पनि अनसनको औचित्य नरहेको बास्कोटाले बताएका छन् ।

प्रतिक्रिया