संसद बैठक कांग्रेसले आज पनि अवरोध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने संसद बैठक पनि अवरोध गर्ने बताएको छ । आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन् । सरकार गम्भीर भएन भने आजको बैठक पनि अगाडि बढ्न सक्ने छैन, ’उनले भने ।

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नहुनु र सभामुखको संसद सञ्चालन गर्ने प्रक्रियाको विरोध जनाउँदै कांग्रेसले संसद अवरोध गर्न लागेको खाँडको भनाई छ ।

प्रतिक्रिया