राजस्वकाे अनुसन्धानमा मल्हाेत्रा

काठमाडौं । सुनकाण्डमा पटक–पटक मुछिएर बचेका व्यवसायी दीपक मल्होत्रा भ्याट छलीमा पनि सक्रिय रहेको खुलेको छ । विदेशबाट मोबाइल नेपाल ल्याएर बेच्ने गरेका मल्होत्राले भ्याट छल्ने गरेको ठूला करदाता कार्यालयको अनुसन्धानबाट खुलेको थियो ।

मल्होत्राले नक्कली कम्पनी देखाएर मोबाइल निर्यातमा लाग्ने भ्याट रकम फिर्ता लिने गरेको कार्यालयले जनाएको छ । यद्यपि, उनले कानुनी छिद्रता प्रयोग गरी त्यसलाई वैध बनाएको अर्थविद्हरूको आरोप छ । उनले नक्कली कम्पनी देखाएर शतप्रतिशत करछली गरेको आन्तरिक राजस्व कार्यालयले पनि जनाएको थियो ।

मल्होत्राले आर्थिक वर्ष ०७२-७३ र ०७३-७४ मा सोही अवैध प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिएको भेटिएको छ । ०७४-७५ का लागि पनि उनले सोही प्रक्रियाअनुसार शतप्रतिशत भ्याट फिर्ताका लागि ठूला करदाता कार्यालयमा निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो ।

मल्होत्राले आफ्नै डमी कम्पनी हिमालयन इट्रोनिक्समार्फत निर्यात गरेको भनिएका मोबाइलको विवरण भन्सार र अन्य तथ्यांकसँग फरक देखिएको छ । मल्होत्राले आव ०७४-७५ मा १ लाख ४७ हजार ३ सय १५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजस्व विभागमा पेस गरेको विवरणमा उल्लेख छ । तर, भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिँदैन

जसमा उनले आप्mनै कम्पनीमा काम गर्ने कर्मचारीको नाममा अर्को कम्पनी खोलेर विदेशबाट सामान ल्याएर पुनः विदेशमा बेच्ने गरेको जनाएका थिए । भियतनाम, चीन लगायतका विभिन्न देशमा बनेका सामसुङ मोबाइल सेट सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट खरिद गरेको देखाउँदै मल्होत्राले ती सेटहरू दुबईको कृष्ण इन्टरनेसनललाई बिक्री गरेको देखाएका थिए ।

कृष्ण इन्टरनेसनलले सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट मोबाइल खरिद नगरी नेपालमा रहेको मल्होत्राको अर्को बिचौलिया कम्पनी हिमालयन इलेक्ट्रोनिक्सबाट खरिद गरेको पाएपछि कार्यालयले गरेको अनुसन्धानबाट ठगी गरेको खुलेको थियो ।

तर, उक्त रिटमा सुनुवाइ गर्दै गत १० असोजमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले भ्याट फिर्ता दिनु भन्ने अन्तरिम आदेश जारीसमेत गरेको थियो । बजेटले समेत रोक लगाएको भ्याट फिर्ता दिन उक्त इजलासले आदेश दिएपछि ठूला करदाता कार्यालय त्यसविरुद्ध सर्वोच्च पुगेको छ । गत १० असोजमा सर्वोच्चको सोे आदेश पाएपछि १३ कात्तिकमा ठूला करदाता कार्यालयले ‘भ्याकेट’को निवेदन दायर गरेको छ । २८ कात्तिकमा सर्वोच्चले मल्होत्रालाई जानकारी दिने भन्दै एक सातामा आउन भनी दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

दुवै पक्षको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले भ्याट फिर्ता दिनु भनी यसअघि एकल इजलासले जारी गरेको आदेशलाई निरन्तरता दिने आदेश सुनाएपछि नक्कली कम्पनी खडा गरेर अवैध रूपमा सरकारी रकम लिनेहरूलाई उन्मुक्तिसमेत मिलेको विज्ञहरूले बताएका छन् ।

तर, उनले भ्याट फिर्ताका लागि पेस गरेको कागजपत्र नै नक्कली भएको आशंका कार्यालयले गरेको छ । मल्होत्रा शतप्रतिशत भ्याट फिर्ता माग्न गएपछि कार्यालयले विवरण केलाएर हेर्दा शंकास्पद पाएकोे हो । मल्होत्राले पेस गरेको विवरण झुटो हुन सक्ने भन्दै अनुसन्धानको दायरमा ल्याइएको कार्यालयले जनाएको छ ।

मल्होत्राले आर्थिक वर्ष ०७४-७५असोजदेखि जेठ मसान्तसम्ममा निर्यात गरिएको मोबाइलको विवरण झुटो हुन सक्ने आशंका कार्यालयको छ । झुटो विवरण पेस गरी शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन निरन्तर ठूला करदाता कार्यालय धाउन थालेपछि उल्टै उनले पेस गरेको विवरणमा अनुसन्धान सुरु भएका स्रोतले बतायो ।

मल्होत्राले आफ्नै डमी कम्पनी हिमालयन इट्रोनिक्समार्फत निर्यात गरेको भनिएका मोबाइलको विवरण भन्सार र अन्य तथ्यांकसँग फरक देखिएको छ । मल्होत्राले आव ०७४-७५ मा १ लाख ४७ हजार ३ सय १५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजस्व विभागमा पेस गरेको विवरणमा उल्लेख छ । तर, भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिँदैन । यसरी फरक परेपछि ठूला करदाता कार्यालले अध्ययन थालेको हो ।

मल्होत्राले १२ वटा निकासी प्रमाणपत्र लिँदै निर्यात गरेको दाबी गरेको मोबाइलको संख्या भन्सार विभागको निर्यात तर्फको तथ्यांकभन्दा ७२ हजार ४ सय २७ सेट बढी देखिन्छ । ‘मल्होत्राले पेस गरेको निकासी प्रमाणपत्रमा उल्लेख भएको र भन्सारको तथ्यांक दुईथरी हुँदैन,’ स्रोतले भन्यो, ‘कसरी निकासी प्रमाणपत्रमा उल्लेख भए अनुसारको मोबाइल निकासी भएको छैन त्यसको विषयमा सम्बन्धित निकायसँग विवरण माग्ने तयारी हामीले गरेका छौँ ।’ भ्याट छुटको रकम लगेको मल्होत्राको रकम फिर्ताको माग गर्दै कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । उनीविरुद्ध दायर मुद्दाको पेशी भने फागुनमा तोकिएको छ ।

प्रतिक्रिया