आशा लघुवित्तको अर्धवार्षिक गोष्ठी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी कोहलपुरमा सम्पन्न गरेको छ । वित्तीय संस्थाले प्रदेश ५, ६ र ७ मा सञ्चालित १८ वटा शाखा कार्यालय शाखा प्रबन्धकको सक्रिय सहभागितामा दुईदिने गोष्ठी आयोजना गरेको हो । गोष्ठीको उद्देश्यबारे प्रमुख कार्यकारी अधिकृतले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणत्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकाले यसतर्फ ध्यान पु¥याउन शाखा प्रवन्धकले निर्देशन दिए । सो कार्यक्रममा शाखा प्रबन्धकहरूले आ—आफ्नो शाखाबाट चालु आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीहरूको समीक्षा गरेका थिए ।

हालसम्म उक्त वित्तीय संस्थाको २८ वटा जिल्लाहरूका कार्यालयका ४५ शाखा कार्यालय स्थापन करिब ३९ हजार सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको । संस्थाको हाल नाफा करिब १ अर्ब ५० करोड लगानीमा रहेको साथै ३४ करोड भन्दाबढी निक्षेप रकम संकलन गरिएको छ ।

प्रतिक्रिया