ग्लोबल बैंकको ‘प्रोफेसनल कर्जा’ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई प्रोफेसनल कर्जा’ सञ्चालनमा ल्याएको छ । पेशागत व्यक्ति तथा कर्मचारीहरूलाई लक्षित गरी बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेसनल लोन’ अन्र्तगत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्ने भएका छन् । ग्लोबल आइएमई बैंकले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरू संचालन गरिरहेको छ ।

बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई व्यवसायी कर्जा, विद्यार्थीहरूको उज्जवल भविष्यको लागि एजुकेसनल लोन, होम लोनलगायत कर्जा सुविधा प्रदान गर्दै आएको छ । उच्चतम व्याजदरको साथमा बिमा सुविधासहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरू मार्फत पनि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।

देशभरि १३३ शाखा, १४२ एटिएम, १५ वटा राजस्व संकलन काउन्टर, ७ वटा एक्सटेन्सन काउन्टर तथा ११७ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्पmत आफ्ना ९ लाख ५० हजारभन्दा बढी आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया