मेयर कप रनिङ शिल्ड प्रतियोगिता

बाँके । बाँकेको कोहलपुरमा दोस्रो अन्तर मावि मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं। ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश–५ सरकारले यहि फागुनमा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगितालाई सफल बनाउनका लागि सबै स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले विद्यार्थीहरूले प्रतियोगिताबाट आफ्नो प्रतिभालाई जिल्ला, राष्ट्र हुँदै अन्र्तराष्ट्यि स्तरमा देखाउन सक्ने क्षमताको विकास गर्ने सक्नेमा जोड दिएका छन् । वर्षाका कारण प्रतियोगिताको उद्घाटन सत्रमा हुने भनिएका सम्पूर्ण खेलहरू स्थगित गरिएको थियो ।  वर्षाले प्रभावित भएपछि शनिबार बिहानबाट विभिन्न विधाका खेलहरू सुरु गरिएको प्रतियोगिता सञ्चालन समितिकी संयोजक नारायणी वलिले जानकारी दिइन् ।

प्रतिक्रिया