स्वास्थ्य केन्द्र स्थापनाका लागि जग्गादान

धादिङ । उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा १५ श्ययाको प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीयले नौ रोपनी जग्गा प्रदान गरेका छन् ।

नेत्रावती डबजोङ गाउँपालिका–४ भोग्टेनीमा १५ श्यया सहितको नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न स्थानीय सूर्यबहादुर गुरुङ, नक्कली तामाङ र धनु तामाङले निःशुल्क ९ रोपनी ३ पैसा जग्गा दिएका हुन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना गर्न पाए सिंगो गाउँ नै स्वस्थ रहने र धार्मिक शास्त्रअनुसार पनि ठूलो धर्म मिल्ने भएकाले आपूmहरूले विकासका लागि जग्गा दान गरेको जग्गादाता सूर्यबहादुर गुरुङले बताए ।

जग्गाधनीहरूले सामूहिक रूपमा जिल्ला मालपोत कार्यालयमार्फत नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्यकेन्द्रको नाममा जग्गालिखत पारितसमेत गरिसकेका छन् । जग्गादाताहरूको सहयोगप्रति गाउँपालिका आभारी रहेको र उनीहरूको सहयोगलाई सम्मान गर्दै सो स्थानमा १५ श्ययाको अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) निर्माण कार्य तत्काल अघि बढाइने गाउँपालिकाका अध्यक्ष दुर्गानारायण शाक्यले बताए ।

सरकारले पनि पाँच वर्षभित्र धादिङलगायत देशभरका स्थानीयतहमा कम्तीमा १५ श्ययाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । धादिङ जिल्लामा अहिले सदरमुकाम धादिङबेसीमा एक जिल्ला अस्पताल, सल्यानटार र गजुरीमा एक÷एक वटा प्राथमिक स्वास्थ्य केन्द्र र साविकको ५० गाविसमा ५० वटा स्वास्थ्यचौकी सञ्चालनमा रहेका छन् ।

नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएसँगै अब धादिङमा तीन प्राथमिक स्वास्थ्य केन्द्र रहनेछ ।

प्रतिक्रिया