विधेयककाे पक्ष र विपक्षमा प्रदर्शन

काठमाडौँ । चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा. गोविन्द केसी र विजय थापाका पक्षधरले विधेयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् ।

सोलिडारिटी फर डा. केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विधेयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विधेयक लागू गराउन माग गरेका छन् । संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो ।

डा. केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने, ‘विधेयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

त्यसैगरी निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्तिः संयुक्त संघर्ष समितिले ‘चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर’, ‘शिक्षा, स्वास्थ्य र रोजगारजस्ता मौलिक अधिकार सुनिश्चित गर’ भन्दै प्रदर्शन गरेका छन् । चिकित्सा सुधारको माग गर्दै डा. केसी गत पुस २५ गतेदेखि अनशनरत रहेका छन् ।

प्रतिक्रिया