चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । सभामुख कृष्णबहादुर महराले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको विधेयक शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई प्रस्तुत गर्न दिएका थिए ।

कांग्रेसरुले नाराबाजी गरिरहेका बेला सभामुखले मन्त्री पोखरेललाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका हुन् । सोही क्रममा कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेका थिए ।

उनिहरुले विधेयकमाथि छलफल गर्न समय दिए पनि कसैले पनि भाग लिन मानेनन् । तर त्यस लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पारित भएको थियो । अहिले भने संसदहरुको बहुमतले उक्त विधेयक पारित भएको छ । संसदको अर्को बैठक माघ १७ गते बस्ने निर्णय गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया