प्रदेशमा–३, तहमा काठमाडौं

काठमाडौं । प्रदेशमा समायोजनका लागि जान चाहने कर्मचारीको पहिलो प्राथमिकतामा प्रदेशमा– ३ नम्वर र स्थानीय तहमा काठमाडौ महागरपालिका परेका छन् ।

कर्मचारीले सात प्रदेशमध्ये समायोनजको पहिलो प्राथमिकतामा परेको प्रदेश–३ मा १३ हजार ६ सय ८४ जना काठमाडौ महानगरमा ७ हजार २ सय १२ जना कर्मचारीले आवेदन फाराम भरेका छन ।

प्रदेशमा ५८ हजार ६ सय २३ जनाले समायोजन फाराम भरेकामध्ये सवभन्दा बढी प्रदेश–३ मा १३ हजार ६ सय ८४ जनाले रोजेका छन् ।प्रदेशको कुल दरवन्दी २२ हजार ७ सय ५५ मध्ये आधा भन्दा बढी प्रदेश–. ३ रोजेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानकारी गराइन् ।

मन्त्रालयले गत पुस ११ गते देखि माघ २ गतेसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसंग आवेदन फाराम माग गरेको थियो ।प्रदेशमा सवभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा ५ हजार ९८ जना कर्मचारीले मात्र रोजेका छन । समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ ।

कर्मचारीको दोस्रो रोजाईमा प्रदेश–. ५ परेको छ । प्रदेश–५ मा १० हजार ४ सय ४९ जना कर्मचारीले समायोजनका लागि फाराम भरेका छन ।यस्तै क्रमशः तेस्रोमा प्रदेश–१ मा ९ हजार २ सय ९० जना, चौथौमा प्रदेश–४ मा ७ हजार ९ सय ८४ जना, पाँचौमा प्रदेश–२ मा ६ हजार ९ सय २७ र छैठौँमा ५ हजार २ सय ६ जना रहेका छन । उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताइन ।

प्रदेशमा २२ हजार ७ सय ५५ कर्मचारी आवश्यक भएकामा ५८ हजार ६ सय २३ कर्मचारीले समायोनजका लागि फाराम भरेका थिए ।

स्थानीय तहमा उपत्यका पहिलो रोजाइ

कर्मचारीले समायोनजका लागि काठमाडौँ उपत्यकाका उपत्यका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाईमा परेका छन ।कर्मचारीको रोजाईमा ७ सय ५३ स्थानीय तहमा सवभन्दा बढी काठमाडौँ महानगरपालिका नै कर्मचारीको परेको छ ।

काठमाडौ महानगरमा समायोजन हुनका लागि ७ हजार २ सय १२ जना कर्मचारीले आवेदन फाराम भरेको उनले बताइन । स्थानीय तहमा तीन लाख ५४ हजार २ सय २५ जनाले समायोजनका लागि फाराम भरेका छन् ।एक कर्मचारीले ७ सय ५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो ।

उपसचिव निरौलाका अनुसार काठमाडौँपछि दोस्रो रोजाईमा ललितपुर महानगरमा ५ हजार १ सय २३, मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा ४ हजार २ सय २४, र चौथौ स्थानमा किर्तिपुर नगरपालिकामा ३ हजार ९ सय ३६ जनाले फाराम भरेका छन् ।

यसैगरी सूर्यविनायक नगरपालिका भक्तपुरमा ३ हजार ८ सय १५, बुढानिलकण्ठ नगरपालिका काठमाडौँमा ३ हजार ७ सय ४० जना, भक्तपुर नगरपालिकामा ३ हजार ६ सय ३९ जना, टोखा नगरपालिका ३ हजार १ सय ६६ जना, महालक्ष्मी नगरपालिका ३ हजार १ सय १६ जना र पोखरा महानगरपालिकामा ३ हजार २६ जनाले समायोजनका लागि फाराम भरेका छन ।

संघ मात्र रोज्ने करिब १६ हजार

समायोजनका लागि संघ मात्र रोज्ने १५ हजार ७ सय ४३ जना कर्मचारी रहेका छन । संघ रोज्ने पहिलो प्राथमिकतामा ३५ हजार ३ सय ६८ जना कर्मचारी भएपनि संघ मात्र रोज्ने १५ हजार ७ सय ४३ जना रहेको उपसचिव निरौलाले बताइन ।

संघमा ४७ हजार ९ सय २० कर्मचारी आवश्यकमा जसमध्ये सं्घमा समायोजनमा जान ४६ हजार २ सय ७० जनाले आवेदन फाराम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७७ हजार ३४ जना कर्मचारीले आवेदन गरेका छन् ।

यसैगरी प्रदेशमात्र रोज्ने ३ हजार ९ सय १ जना कर्मचारी र स्थानीय तह मात्र रोज्ने १९ हजार ८ सय ६२ जना कर्मचारी रहेका छन । प्रदेश तहमा १४ हजार २ सय ९ र स्थानीय तह २७ हजार ४ सय ७१ जनाले पहिलो प्राथमिकता रोजेका छन । स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गरिदैछ ।

प्रतिक्रिया