सरकार जिम्मेवार नभए भोलि संसदमा मुठभे हुनसक्छ : थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले चिकित्सा शिक्षा विध्येकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको दाबी गरे ।

कार्यक्रममा बोल्दै सांसद थापाले भने,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।

थापाले चिकित्सा शिक्षा विध्येक अरु विध्येकभन्दा फरक विध्येक भएको उल्लेख गरे । थापाले भने,‘जुन विध्येक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।

सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे,‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा यतिखेर सम्मानीय सभामुखको भूमिका त विवेकपूर्ण ढंगबाट, किन हामीले देखेका छौं । सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विध्येक सदनमा पनि सम्झौता भएर आएको छ । यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो ।

यो स्विकार्य छैन । नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै थापाले टिप्पणी गरे । उनले भने,‘संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ । त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें ।

हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ । माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको राखेको पनि थापाले बताए ।

यद्धपी थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भने,‘फर्केर आईसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोलि व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं । किनकी प्रधानमन्त्री गैसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ ।

यी सबैका बीचमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो । यो कर्तव्य उहाँले निर्वाह गर्नुहुनेछ भन्ने कुराको विश्वास व्यक्त गर्छु । प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने थापाको भनाई छ । उनले भने,‘अब प्रधानमन्त्रीले लाचारी दोहोर्याउनु हुँदैन । मैले सम्झौता गरेकै हो, तर सदनले मान्दैन त म के गरौं ? सम्झौता भनेको यस्तै हो ।

कहिलेकाहीँ गरेको बेलामा गर्ने हो, बलियो भएको बेलामा उल्लंघन गर्ने हो भनेर भन्ने ? देशको प्रधानमन्त्रीले सम्झौता गरेको पालना गर्ने चिज होईन, सम्झौता भनेको गर्ने चिज हो । लेख्ने चिज हो भनेर भन्नुभयो भने यहाँभित्र थिति बस्दैन् । उनले प्रधानमन्त्री ओलीलाई अहिले केही पनि अप्ठ्यारो नभएको भन्दै विद्येयकको सम्बन्धमा कसरी अघि बढ्ने भन्नेबारे उपायपनि सुझाए । थापाले भने,‘प्रधानमन्त्रीको पनि आत्मसम्मान राख्नको लागि बाटो छ ।

यो पटक डा. गोविन्द केसीसँग वार्ता गर्न गैराख्नु पनि पर्दैन् । मैले देखेको । प्रधानमन्त्री आईसकेपछि संसदीय सर्वोच्चता रहन्छ । संसदीय सर्वोच्चता भनेको समितिको सर्वोच्चता होईन । अहिले समितिले पारित गरेको हो । संसदले होईन । समितिले पारित गरेको प्रतिवेदनलाई माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मैले यो सच्याउन चाहन्छु भन्नुभयो भने उहाँले जे पनि सच्याउन पाउनुहुन्छ । उहाँले सच्याएको कुरालाई सदनले स्विकार वा अस्विकार गर्ने हो ।

थापाले प्रधानमन्त्री ओलीलाई विदेशबाट फर्केर आईसकेपछि संसदमा मुठभेड नमित्याउन पनि आग्रह गरे । उनले भने,‘अस्पतालको कुरालाई अस्ति उहाँले भन्नुभएको छ, त्यसलाई मिलाउनुहोस् । चिकित्सा शिक्षा विध्येकको सन्दर्भमा सम्झौता भएअनुसारको सदनबाट पारित गर्ने व्यवस्था मिलाउनुहोस् । सदनपनि चल्छ । र डाक्टर गोविन्द केसी पनि आफ्नो अनशनबाट उठ्नुपर्छ । हामी पनि त्यो बेलामा उहाँलाई भन्छौं । तपाई जिद्दी गरेर नबस्नुहोस भन्छौं ।

तपाईको अरु विषयमा पछि छलफल हुन्छ, यो विषयसँग नजोड्नुहोस भन्छौं । हामी पनि उहाँलाई भन्छौं । भोलि विध्ययेक अघि बढाईयो भने तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘सदनमा प्रतिपक्ष दलले आफ्ना विषयहरु राख्ने कुराको सन्दर्भमा सदनको मर्यादाभित्र रहेर आफ्नो कुराहरु राख्छ । राख्दैपनि आएको छ । तर, कतिपय कुराहरुको सन्दर्भमा सदनमा फरक ढंगबाट आफ्नो कुराहरु, सदन चल्न नदिएर, बैठक अवरुद्ध गरेर आफ्नो कुराहरु राख्छ ।

यो सदनको स्थापित परम्परा पनि हो । र, यसरी पनि प्रतिपक्षले सदनको मञ्चलाई प्रयोग गर्छ । होईन भने त सदनमा प्रतिपक्ष त जहिल्यैपनि अल्पमतमा हुन्छ । अल्पमतमा भएको कारणले गर्दा तँ अल्पमतमा भन्ने कुरासँग तेरो अल्पमतको संख्याको कारणले गर्दा म तँलाई सजिलै पेल्छु भनेर भन्ने हो भने त सदन यो चार वर्ष चलाउँदै नचलाए भयो । त्यसैले भोलि हाम्रो भूमिका के हुन्छ भन्ने कुरामा सरकारको भूमिकामा निर्भर हुन्छ । सरकारले हामीलाई छलफल गर्छ ।

हामीलाई बोलाउँछ भनेर हामी अझैपनि अपेक्षा गर्छौं । सभामुखले छलफलको लागि बोलाउनुहुन्छ भन्ने अपेक्षा छ । हामी मुठभेड गर्न चाहँदैनौं । यत्रो धेरै कानुन सरकारलाई बनाउनु छ । सरकारलाई कानुन चाहिएको छ । संसदको नियम ११ ले भोलि शुक्रबारको बैठकमा प्रश्नोत्तर गर्नुपर्छ र प्रश्नोत्तर गरिसकेपछि गैरसरकारी विषयमा छलफल गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनेको कुरा पनि उनले सुनाए ।

तर, हिजो नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कांग्रेस नेता रामचन्द्र पौडेल सभामुख भएको बेलामा मन्त्री बसेकै ठाउँबाट विध्येक टेबुल भएको ईतिहाँस छ हामी पनि भोलि त्यही गर्छौं भनेर भन्नुभएको छ नि ? प्रश्नमा थापाले भने,‘मेरो यसमा जम्मा दुई वटा कुरामा मात्रै प्रतिक्रिया छ । एउटा त म फेरि भनौं, सभा चलाउने सभामुखले हो ।

सभामुखले बसेको ठाउँमा दिनुहुन्छ, उठेको ठाउँमा दिनुहुन्छ वा के गर्नुहुन्छ भन्ने कुरा सभामुखले आफ्नो विवेक प्रयोग गर्ने हो । नियमभित्र बसेर गर्ने हो । सभामुखले कसैको आदेशको तामेली गर्ने होईन । त्यसैले सभामुखलाई आदेश दिने वा सभामुखले आदेशको तामेली गर्ने वा त्यसलाई बडो सहजतापूर्वक, सभामुखले अस्ति भन्नुभयो, प्रधानमन्त्रीको आदेश मैले नमानेर कहाँ हुन्छ ? यो तरिकाबाट हामी गयौं भने हामीले अहिले बनाएको संसदको सार्वभौम अधिकार भत्कन्छ ।

दोस्रो कुरा, हिजो हामीहरुले गरेको कुराहरुलाई सम्झिएर, हिजो हामीले जे जे गरेको, त्यही त्यही गरेर हामी हिजोकै ठाउँमा पुग्ने भन्यौं भने हामी एउटा विषयमा मात्रै हिजोको ठाउँमा पुग्दैनौं । हिजोको ठाउँमा हामी फर्केर जान थाल्यौं भने दर्जनौं विषयमा हामी हिजोको ठाउँमा पुग्छौं । यसले अप्ठ्यारो सरकारलाई नै हुने हो । थापाले आफूहरुले अब एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नुहने कुरा जोडदार रुपमा उठाउने पनि स्पष्ट पारे ।

उनले भने,‘नेपाली कांग्रेसले यो विषय किन छोड्यो ?, मैले अहिले कुरा गर्दा पछाडि फर्केर कुरा गरेजस्तो हुन्छ । एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुँदैन भन्ने कुरा हाम्रो पार्टीले जोडदार रुपमा उठाएर यो अर्को संघर्षको विषय बनाउनुपर्छ । अहिले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताल अस्पताल भनेर कांग्रेस रोईरहेको छ भन्ने कुरा बाहिर आएको कुराको टिप्पणी गर्दै थापाले भने,‘नेपालमा गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाम एउटा अस्पतालको बोर्ड बाहिर झुण्ड्याएर हाम्रा ती नेताहरु अमर हुने, दुई जनाको नाम अस्पतालको बोर्डबाड मेटेर हाम्रा नेताहरु मानमर्दन हुने होईन ।

जनताको मनमा छ भने नेता यसै जोगिन्छ, छैन भने ५० वटा अस्पताल बनाएपनि जोगिन्न । गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाले मुलुकमा पुर्याएको योगदानको आधारमा कांग्रेसको निम्ति मात्रै नभएर गैर कांग्रेसहरुले पनि उनीहरुलाई दिने सम्मान दिएको थापाले दाबी गरे । उनले भने,‘प्रश्न यहाँ अस्प्तालको होईन, हुँदै होईन । प्रश्न यहाँ अस्तित्वको हो । थापाले अघि थपे,‘मनमोहन अधिकारीको नाममा काठमाडौंमा मेडिकल कलेज खोल्ने कुरालाई यही सम्झौताको आधारमा फिर्ता लिनुपर्ने भैसकेपछि र मनमोहन अधिकारीको नाम आईसके पछाडि यो नाम भुँईमा खस्नु हुँदैन । यतिकै जानु हुँदैन भनेर भन्ने मै हो ।

सिनेटबाट मनमोहन अधिकारीको नाममा नेपालको सबैभन्दा ठूलो चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान न्याम्सको नाम नै मनमोहन चिकित्सा अध्ययन प्रतिष्ठान राख्ने भनेर सिनेटबाट निर्णय गराएर मन्त्रिपरिषदबाट निर्णय गराएर टुँग्गिसकेको विषय हो । अहिलेको मन्त्रिपरिषदले यसलाई संसदमा ल्याए हुन्छ ।

संसदमा ल्याएपछि ५ दिनपछि यसको नाम फेरिएर यसको नाम मनमोहन चिकित्सा अध्ययन प्रतिष्ठान हुन्छ । सरकारले गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पतालको बारेमा निर्णय नगर्नु भनेको कांग्रेसलाई देखाईदिने भनेर गरेको दम्भ भएको पनि उनले आरोप लगाए । थापाले चेतावनी दिँदै भने,‘सरकार सबलाई देखाईदिने भनेर आउँछ भने अरुले पनि सरकारलाई देखाईदिने काम गर्छ ।

प्रतिक्रिया