स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १७ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३२ औं वार्षिक साधारणसभा, बैंकका अध्यक्ष जितेन्द्र अरोडाको अध्यक्षतामा माघ ७ गते, सोमबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।

स्ट्यान्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफातर्फ २१९ करोड र संचालन मुनाफातर्फ ३३५ करोड आय आर्जन गरेको छ । आव २०७४÷७५ को अन्त्यसम्ममा बैंकले गत वर्षको जोखिम सम्पतिको ४४५६ करोडको तुलनामा १६ प्रतिशतको सबल वृद्धि गर्न सक्षम भएको छ । यसैगरी बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेर ६७०६ करोड पुगेको छ ।

बैंकको संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७४/७५ को लागि यसका सेयरधनीहरूलाई १७.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको छ । सो सभाका सभाध्यक्ष एवं बैंकका अध्यक्ष जितेन्द्र अरोडाले उक्त अवसरमा बैंकका सबै लगानीकर्ताहरू, सेवाग्राहीहरू, नियमक निकायहरू र अन्य शेयरधनीहरूलाई उनीहरूको निरन्तर सहयोग र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गरे ।

साधारण सभाले सर्वसाधारण शेयरधनीहरूका तर्फबाट बैंकको नयाँ संचालक सदस्यमा भरत कुँवरलाई नियुक्त गरेको छ । उनी सर्वसम्मत रूपबाट संचालक सदस्यमा चुनिएका थिए । बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समुहको ७० दशमलव २१ प्रतिशत र सर्व साधारणको २९ दशमलव ७९ प्रतिशत सेयर रहेको छ ।

प्रतिक्रिया