मनराम–एसकाज पत्रकारिता पुस्कार शाक्यलाई

संखुवासभा । मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिस्ट एसोसिएशन (एसकाज) ले संयुक्त रूपमा स्थापना गरेको ‘मनराम–एसकास पत्रकारिता पुरस्कार’ पत्रकार दीपेन्द्र शाक्यलाई प्रदान गरिएको छ । संखुवासभा जिल्लामा रही निरन्तर पत्रकारिता जगतबाट योगदान पु¥याएबापत शाक्यलाई उक्त सम्मान गरिएको हो ।

एसकाजले काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरी शाक्यलाई २५ हजार रुपैयाँ नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको छ । कायक्रममा प्रमुखअतिथि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले शाक्यलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पत्रकार शाक्य जिल्लामा सहयोगी, लगनशीलको रूपमा समेत चित्रित छन् । उनी जिल्लामा समेत सानाठूला धेरै पुरस्कारले सम्मानित भइसकेका छन् । कान्तिपुर मिडिया ग्रुपमा आवद्ध शाक्यलाई निरन्तर रूपमा पत्रकारिता क्षेत्रमा रही जिल्लाको विकास निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गदै उक्त पुरस्कारले सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

संखुवासभा जिल्लाबाट ०६१ सालबाट निरन्तर रूपमा जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा शाक्यले काम गर्दै आएका छन् । मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट सम्मानित शाक्यले पत्रकारिता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन वार्षिक रूपमा प्रदान गरिने पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा थप उत्साह र हौसला जगाएको बताए ।

०७३ देखि सुरु गरिएको पत्रकारिता पुरस्कार पहिलो वर्ष संखुवासभाका गंगा विष्टलाई प्रदान गरिएको थियो । दोस्रो वर्ष नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीलाई ०६४ सालमा पुरस्कार प्रदान गरिएको थियो ।

संखुवासभामा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएका सञ्चारकर्मीको साझा संस्था एसकाजले संखुवासभा र काठमाडौं जोड्ने विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया