बाजुरामा पनि हिमपात सुरु

बाजुरा । माघ जिल्लाका अधिकांश ठाउँहरुमा हिमपात सुरु भएको छ । बर्षका आठ महिना सम्म सेताम्य देखिने जिल्लाका हिमलायहरु बल्ल सेता देखिन थालेका छन् । कात्र्तिक पहिलो साता नै सेताम्य भइ सक्ने जिल्लाका मालिका, बुढीनन्दा, परखेलेक, संकल्ब्य, नुरीकांद, बढालेक, भत्याली चौड, खढुली पाटन लगाएतका हिमालयहरु हिजो राती बाट हिमपात सुरुभए देखिनै सेता देखिएका हुन् ।

असोजको पहिलो साता देखिनै खडेरी परेका कारण आफ्नो शोभानै गुमाइसकेका ति हिमालहरु अस्तीबाट भने सेतो टोेपी लगाए जस्तै मनोमोहक देखिन थालेका छन् । हिमपात सूरु भएपछि बाजुरा आउने पर्यटकहरुलाई जिल्लाकाहिमालीभेगका दृश्यहरु नियाल्न पाइने भएको छ । हिमाली भेगमा हिमात सुरु भए लगत्तै जिल्लामा अत्याधिक चिसो बढ्नुको साथै जनजीवन पनि कष्टकर बनेको छ । भने आवत जावत समेत समस्या भएको छ ।

हिमपातका कारण यातायातका साधान पनि सुचारु हुन सकेका छैनन् । हिमपात संगै पानी परे पछि किसाहरुलाई पनि ठुलो राहत पुगेको छ । आकाशे पानीको भरमा कात्र्तिकमा नै खेती लगाएका किसानहरुलाई पानी पर्न थालेपनि उनिहरुको निराशा आशामा परिणत भएको छ ।

कुल खेती योग्य जमिनको ८५ प्रतिशत आकशे पानीको भरमालगाइएको खेती पनि सामान्य हरीयो देखिन थालेको छ । ९८ प्रतिशत जनसंख्या कृषि पेशमा आश्रीत भएपनि सिचाइ असुविधा र आधुनिक कृषि प्रविधिको विकास नहुदा बाह्र महिना खाद्य संकट हुने संभावनामा आशा जोगाएको स्वामीकार्तिक गाउँपालिका ३ जुकोटका कपुर शाहीले बताए ।

हिमपात संगै आएको पानीले गर्दा गहु जौ,उवा लगाएत अन्न र तरकारी बालीमा राहत पुगेको छ । जिल्लामा हिमपात सुरु भएलगतै लेकाली भेगमा बसोबास गर्ने भोटे जनजाती लाई निकै समस्या हुने भएको दावागुरुङ्गले जानकारी दिए ।

हिमपात बाजुराका जुकोट, पाडण्डुसैन रुगिन, काँडा र्मातडी, कैलासमाण्डौ गोत्रि कोटीला लगायत हुम्ला मुगु कालिकोटका हिमाली भेगमा बाक्लो परेको खबर प्राप्त भएका छन् ।जाडो बढेपछि बालवालीका बृद्धबृद्धा मुटु तथा श्वासप्रश्वास समवन्धी रोगीलाई समस्या हुने भएको भन्दै स्वास्थ्यकर्मीले तातो खाने कुरा खान र चिसोबाट बच्न आग्रह गरेका छन ।

प्रतिक्रिया