सय करोड क्लबमा उरी

एजेन्सी, मुम्बई । चलचित्र ‘उरीः सर्जिकल स्ट्राइक’ ले बलिउडमा नयाँ रेकर्ड राखेको छ । बिक्की कौशल अभिनीत उक्त चलचित्रले सय करोडको आँकडा पार गरेसँगै बक्स अफिसमा आफ्नो बजेटमा सबैभन्दा छिटो धेरै व्यापार गर्ने चलचित्रको रूपमा अगाडि आएको हो ।

प्रदर्शनमा आएको १० दिनमै सय करोड कमाई गरेपछि यो चलचित्रको चौतर्फी चर्चा भइरहेको छ । भारत–पाकिस्तान सीमामा भएको भिडन्तको सत्य घटनामा आधारित यो चलचित्रलाई दर्शकले मन पराइरहेको चलचित्र समीक्षकले जनाएका छन् ।

पहिलो दिन ८ करोड २० लाख रूपैयाँ आम्दानी गरेको यो चलचित्रले ५ दिनमा आम्दानी बढेर ५० करोड पुगेको पु¥याएको थियो । यस वर्षको सय करोड कमाउने यो चलचित्र पहिलो हो ।

प्रतिक्रिया