जलवायुको असर न्यूनीकरण गर्न सुझाव संकलन

विराटनगर । जलवायुु परिवर्तनले पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सोमबार विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल सरकारले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउन लागिएको हो ।
वन तथा वातावरण मन्त्रालय र प्रदेश–१ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको प्रदेश स्तरिय कार्यक्रममा जलवायुु परिवर्तनको नया निति वारे सल्लाह सुुझाव संकलन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुुसैयतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरण गर्न ठूलाठूला विकास निर्माण तथा योजनाको काममा ध्यान पुुर्याउनुुपर्नेमा जोड दिए ।

मन्त्री कुुसैयतले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ नीति बनाउनुुपर्ने बताए । सो मन्त्रालयका सचिव बद्रिराज ढुुंगानाले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशअनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कमगर्ने गरी नयाँ नीति ल्याउन लागेको बताए ।

कार्यक्रममा बोल्दै प्राकृतिक स्रोत पूर्वाधार समितिका सदस्य एवं सांसद घनश्याम खतिवडा, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा. महेश्वर ढकालले, तीन वटै तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नगरी साझा मुुद्दा बनाउनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश–१ का स्थानीय निकायका प्रतिनिधि, प्रदेश र संघीय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरूले विभिन्न सुुझाव दिएका थिए । कार्यक्रममा नेपालमा ३० वर्ष एता तापक्रम शून्य दशमलव ७ डिग्रीले बढिरहेको खोलाहरू सुुकिरहेको, हिमताल पग्लिरहेको जानकारी गराइएको थियो । मन्त्रालयले सात वटै प्रदेशवाट सुुझाव संकलन गरी जलवायुु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउने जनाइएको छ ।

प्रतिक्रिया