इशासँग डिभोर्स गरेका रवी लामिछानेले निकितासँग गरे अर्को बिहे

काठमाडौं । पुर्वपत्नी इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका न्युज ट्वान्टी फोरका चर्चित पत्रकार रवी लामिछानेले फेरी अर्को विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लगन गाँठो कसेका हुन् ।

निकिताले पनि आफ्ना पुर्वपतिसँग सम्बन्ध विच्छेद गरेपछि एक्लै बसेकी थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेको थियो ।

काठमाडौं जिल्ला अदालतमा सोमबार विवाह दर्ता गराएपछि रवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा विवाह दर्ता गरेका छौँ ।

यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो । पत्रकार लामिछानेले बिबाहको निर्णयबाट दुवैजना खुशी रहेको बताएका छन् ।

प्रतिक्रिया